पुटिनलाई भेट्न मुन मस्कोमा


प्रकाशित मिति : असार ७, २०७५ बिहीबार

दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इन रूसको राजधानी मस्को आइपुग्नुभएको छ ।
रूसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्न मुन बिहीबार मस्को आउनु भएको उच्च अधिकारीहरुले जानकारी दिएका छन् ।
दुई समकक्षीबीच आर्थिक सहकार्य र उत्तर कोरियाबार कुराकानी हुने अपेक्षा गरिएको छ ।

मुनले पुटिनलाई शुक्रबार भेट्ने कार्यक्रम तय भएको छ । त्यस क्रममा उहाँहरूले केही संयुक्त सम्झौतापत्रहरूमा हस्ताक्षर गर्ने तयारी गरिएको अधिकारीहरूले बताएका छन् ।

तीन दिने भ्रमणका क्रममा राष्ट्रपति मुनले आउँदो शनिबार विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत मेक्सीको विरुद्ध दक्षिण कोरियाले खेल्ने खेलको पनि अवलोकन गर्नुहुने अपेक्षा गरिएको छ । सो खेल रूसको रोस्टोभ अन डनमा हुने तय भएको छ ।

रूसका राष्ट्रपति पुटिनले गत हप्ता उत्तर कोरियाका नेता किम जोङ उनलाई रूसमा स्वागत गर्न पाए खुशी हुने बताएको केही दिनपछि दक्षिण कोरियाका राष्ट्रपति रूस पुग्नु भएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com