छोरीलाई स्तन प्रत्यारोपण गर्न दबाब दिन्थे डोनल्ड ट्रम्पः एक किताबमा खुलासा


प्रकाशित मिति : असार ७, २०७५ बिहीबार

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नी छोरी इभांकामाथि स्तन प्रत्यारोपणका लागि दबाब दिने गरेको खुलासा भएको छ । हालै प्रकाशित एक किताब ‘ Born Trump: Inside America’s First Family’ मा यसबारे खुलासा भएको हो ।

किताबकी लेखिका एमिली जेन फक्स इभांकालाई किशोरावस्थादेखि नै मोडल बन्ने इच्छा भएको बताउँछिन् । यसका लागि उनले हरेक वर्ष ४४ हजार डलर फोटोसूटमा खर्च गर्ने गरेको फक्सले बताएकी छिन् । उक्त किताबमा डोनल्ड र उनको परिवारबारे विभिन्न जानकारी दिइएका छन् ।

किताबमा लेखिए अनुसार छोरीको मोडलिङको प्यासनलाई ट्रम्पले प्रोत्साहित गर्दथे । ट्रम्पलाई मोडलिङमा सहयोग होस् भन्नका लागि उनी सधैं इभांकालाई स्तन प्रत्यारोपणका लागि दबाब दिने गर्दथे । डोनल्डको लगातारको दबाब पछि उनकी बहिनी मेरियानले उनलाई फोन गरेर स्तन प्रत्यारोपाणले छोरीलाई बर्बाद बनाउने भन्दै यसो नगर्न सल्लाह दिएकी थिइन् ।

कक्षा छोडेर चुरोट खान्थिन्ः

फक्सले आफ्नो किताबमा लेखेको जानकारी अनुसार जब इभांका वार्टन कलेजमा थिइन् तब बिहान ९ बजे स्टेटिस्टिक क्लासबाट लुकेर बाहिर जान्थिन् र चुरोट खाने गर्थिन् ।

जब ड्रग्स टेस्टमा पक्राउ परिन् इभांकाः

इभांकाको किशोरावस्थाको एउटा किस्सा अमेरिकामा निकै चर्चित छ । जब इभांका कोएट स्कूलमा पढ्थिन् तब एक पार्टीको आयोजना गरिएको थियो । उक्त पार्टीमा ड्रग्स लिएका कारण केही दिनका लागि उनलाई स्कूलमा प्रतिबन्ध लगाइएको थियो जबकी अन्य विद्यार्थीलाई भने सस्पेन्ड गरिएको थियो । त्यतिबेला मानिसहरुले इभांकालाई ट्रम्पकी छोरी भएकाले विद्यालयबाट ननिकालिएको भन्दै आलोचना गरेका थिए ।

‘स्कूलमा हेलिप्याड बनाउ’

फक्सले आफ्नो किताबमा लेखेकी छिन् – जब इभांका कोएट स्कूलमा पढ्थिन् तब डोनल्ड ट्रम्पले स्कूलमा हेलिप्याड बनाउन आदेश दिएका थिए । इभांकालाई विकेन्डमा न्यूयोर्क लैजानका लागि ट्रम्पले स्कूललाई यस्तो आदेश दिएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com