सिमाबाट छिरेका ६ हजार कागजपत्रविहिन बालबालिका अमेरिकी सरकारसँग सम्पर्कविहिन


प्रकाशित मिति : असार ७, २०७५ बिहीबार

सिमाक्षेत्रबाट प्रवेश गरेका झण्डै ६ हजार कागजपत्रविहिन बालबालिकाहरुसम्मको पहुँच अमेरिकी सरकारले गुमाएको छ । सिमाक्षेत्रबाट प्रवेश गरेका कागजपत्रविहिन बालबालिकाहरु स्पोन्सरलाई बुझाइसकेपछि स्पोन्सर र बालबालिकाहरु नै सरकारसँग सम्पर्क विहिन भएपछि उनीहरुसम्मको पहुँच सरकारले गुमाएको हो ।

३ महिनाको अवधिमामात्र १५ सय बालबालिकाहरुसम्मको पहुच सरकारले गुमाएको संघीय अधिकारीहरुले बताएका थिए । बालबालिकाहरु बेपत्ता भएको नभई स्पोन्सरहरुले सरकारको फोनकल रेस्पोन्स नगरेकाले उनीहरुसम्मको पहुँच गुमेको संघीय अधिकारीहरुले स्पष्ट पारेका छन् ।

सन् २०१४ यता एल साल्भाडोर, होण्डुरस, ग्वाटेमाला लगायतका देशबाट १० औं हजार कागजपत्रविहिन बालबालिकाहरु अभिभावकको साथ बिना नै सिमाक्षेत्रबाट अमेरिका छिरेका थिए । यसरी प्रवेश गरेका बालबालिकाहरुलाई सरकारले अफिस अफ रिफुज्यी सेलमेन्टको हिराशत वा सेल्टरमा राखेर अमेरिकामा रहेका परिवारका सदस्यहरुलाई बुझाउने गर्छ । तर परिवारका सदस्यहरुले बालबालिका बुझेपछि सम्पर्कविहिन हुने गरेका छन् ।

आर्थिक बर्ष सन् २०१७ मामात्र ४२ हजार ४ सय ९७ जना बालबालिकाहरुलाई उनीहरुका स्पोन्सरले लगेका थिए । त्यसमध्ये झण्डै १४ प्रतिशत स्पोन्सरहरु सरकारसँग सम्पर्क विहिन भएका हुन् । आर्थिक बर्ष सन् २०१७ मा ९३ प्रतिशत बालबालिकाहरु स्पोन्सरलाई बुझाइएको थियो । जसमध्ये ४९ प्रतिशत उनीहरुका बाबुआमालाई, ४१ प्रतिशत नजिकका नातेदारलाई, १० प्रतिशत टाढाका नातेदार वा गैर नातेदारलाई बुझाइएको थियो ।

आर्थिक बर्ष २०१८ को अहिलेसम्म ९० प्रतिशत बालबालिकाहरु स्पोन्सरको जिम्मा लगाइसकिएको छ । जसमध्ये ४१ प्रतिशत बाबुआमाले, ४७ प्रतिशत नजिकका नातेदारले र ११ प्रतिशत टाढाका नातेदार वा गैर नातेदारले जिम्मा लिएका छन् ।

३ महिनाको अवधिमा पक्राउ परेका ७ हजार ६ सय ३५ बालबालिकाहरुमध्ये ६ हजार ७५ जना उनीहरुका स्पोन्सर समक्ष रहेका छन् । २८ बालबालिकाहरु भागेका थिए भने ५ जना देशनिकालामा परेका थिए । ५२ जना गैर नातेदार स्पोन्सरसक्ष रहेको पत्ता लागेको थियो । तर १४७५ जना कहाँ छन् भन्नेबारे अफिस अफ रिफ्युजी रिसेटलमेन्टले पत्ता लगाउन सकेको छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com