कागजपत्रविहिन बालबालिकालाई बाबुआमाबाट नछुट्याउन ट्रम्पको आदेश


प्रकाशित मिति : असार ६, २०७५ बुधबार

अमेरिकी सिमाक्षेत्रमा बढेको तनावपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । ट्रम्पले सिमाक्षेत्रमा कागजपत्रविहिन आप्रवासी परिवारलाई एकसाथ राख्ने समेत स्पष्ट पारेका छन् ।

ट्रम्पले परिवारहरु अलग अलग भएको आफूले देख्न नचाहने बताएका छन् । सिमाक्षेत्रबाट अमेरिका प्रवेश गर्ने परिवारलाई अलग अलग राखिएको भन्दै ट्रम्प प्रशासनको आलोचना भइरहदा ट्रम्पले नयाँ कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् । तर गैरकानुनीरुपमा अमेरिकी सिमा पार गर्नेहरुबिरुद्ध शुन्य सहनशीलताको नीति भने जारी रहने ट्रम्पले स्पष्ट पारेका छन् ।

ट्रम्पले आफूले परिवारलाई एकसाथ राख्नका लागि कार्यकारी आदेशमा हस्ताक्षर गरेको बताएका छन् । आफूले र आफ्नी श्रीमतिले परिवारलाई एकसाथ राख्नुपर्ने भावनालाई राम्रोसँग बुझेको र मुटु हुने जोसुकैले पनि यसलाई बुझ्ने ट्रम्पले बताएका छन् ।

सिमाक्षेत्रबाट प्रवेश गर्ने कागजपत्रविहिनहरुलाई परिवारबाट छुट्याएर अलग अलग राखिएको तथा केटाकेटीहरुलाई बुबाआमाबाट अलग्याएर छुट्टै राखिएका भिडियो, तस्वीर र समाचारहरु आइरहदा ट्रम्पको कार्यकारी आदेश आएको हो ।

सिमाक्षेत्रमा झण्डै २३ सय कागजपत्रविहिन केटाकेटीहरुलाई उनीहरुका बाबुआमाबाट अलग बनाएर पिन्जडाजस्ता हिराशतमा राखिएका समाचारहरु आइरहँदा ट्रम्पले बाबुआमा र छोराछोरीलाई अलगअलग हिराशतमा नराख्नेगरी कार्यकारी आदेश जारी गरेका हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com