अमेरिकामा आप्रवासी बालबालिकाहरु अध्यागमनको पिन्जडामा, ओढ्नलाई फोइलका च्यादर


प्रकाशित मिति : असार ४, २०७५ सोमबार

अमेरिका छिरेका कागजपत्रविहिन बालबालिकाहरुलाई टेक्सासमा पिजन्डामा थुनेर राखिएको खुलासा भएको छ । आइतबार हिराशतको निरिक्षणमा गएका राजनीतिज्ञहरु र पत्रकारहरुले यस्तो खुलासा गरेका हुन् । उनीहरुलाई तस्वीर खिच्न भने दिइएको थिएन ।

पूर्व प्रथम महिला लारा बुसले यसलाई दोश्रो विश्वयुद्धताका जापानी अमेरिकनहरुका लागि स्थापना गरिएको आन्तरिक शिविरसँग तुलना गरेकी छिन् । त्यस्तै एकजना कँगे्रसम्यानले जेलभन्दा कम नभएको बताएका छन् ।

एपीका अनुशार एउटा पिन्जडामा २० जनासम्म बालबालिकाहरुलाई राखिएको छ । उनीहरुका वरपर पानीका बोतल र चिप्सका प्याकेटहरु छरिएका छन् भने उनीहरुका ओढ्नका लागि कम्बलका रुपमा फोइलका च्यादरहरु दिइएको छ ।

उर्सुलाभित्र झण्डै ११ सयजनाले अध्यागमन प्रकृया कुरेर बसिरहेका छन् । उनीहरुलाई कसैको साथ नभएका बालबालिका, एक्ला जवानहरु र बच्चासहितका बाबुआमाहरु गरी तीन खण्डमा छुट्याइएको छ । जसमध्ये २ सय जना कसैको साथमा नरहेका बालबालिकाहरु रहेका छन् भने ५ सय बालबालिकासहितका बाबुआमा छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com