अमेरिकामा नेपाली वहिराहरु संगठित, अध्यक्ष लक्ष्मण गिरी


प्रकाशित मिति : असार ४, २०७५ सोमबार

अध्ययन तथा रोजगारको शिलशिलामा नेपालको विभिन्न ठाँउवाट अमेरिका आई वसोवास गर्दै आएका बहिराहरुले आफ्नो हकहित संरक्षण,संवर्द्वन,आपसी सहयोग सूचना आदान प्रदान गर्ने उद्वेश्यले “नेपाली वहिरा समाज”अमेरिका गठन गरेका छन्।

न्युयोर्कको ज्याक्सन हाइटमा भेला भएका बहिराहरु र बहिरासंग सम्वन्धित व्यक्तित्व हरुको भेलाले लक्ष्मण गिरीको अध्यक्षतामा समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा लक्ष्मण तझ्या, महासचिव उपेन्द्र खनाल, कोषाध्यक्ष मोहन पन्थी, सदस्यमा जिवन पौडेल, प्रसंसा लम्साल, लोकेश खड्का , दिपक पोख्रेल, रविन्द्र वास्तोला, नवराज घिमीरे, सुदिप वराल रहनु भएको छ । संस्थाको संरक्षक विश्वराज वास्तोला र पुस्पराज गिरी रहनु भएको छ ।

गण्डकी बहिरा संघका महासचिव सूर्य मोहन वरालको प्रमुख आतित्थमा भएको कार्यक्रममा सुभकामना मन्तव्य राख्नु हुँदै विशेष शिक्षा परिषदका पूर्व रास्ट्रिय सदस्य विश्वराज वास्तोलाले अमेरिकामा रहेका नेपाली बहिराहरु आफ्नो मातृभुमी नेपालमा रहेका बहिरा क्षेत्रको गतिविधिमा सहयोगि हुने, वहिरा हरुको पिरमर्का साटासाट,उनिहरुको हकअधिकार तथा सुविधा एवं अमेरिकाको अध्यागमन निति सुसुचित हुने लगाएतका विविध कुराको लागि संगठित हुनु राम्रोकाम भएको वताउदै अमेरिकी वहिरा हरुका विविध संघ संस्था र विध्यालय संग समन्वय गरि नेपाल र अमेरिका तथा यसिया क्षेत्रका वहिरा गतिविधीहरु आदान प्रदान गरिने र उक्त क्रियाकलाप वाट नेपालका वहिरा र उनका अभिभावक लाभान्वित हुने वताउनु भयो ।

त्यस्तै पोखरा लेखनाथ महानगर पालिका अन्तर्गत अर्घौं स्थित सिर्जना बहिरा मा.बि. का पुर्व प्र. अ. पुस्पराज गिरीले अमेरिकामा बहिराहरु संगठित भएकोमा प्रशन्नता व्यक्त गर्दै आफुले यो क्षेत्रमा आफू सानो उमेर देखिनै लागेको र हाल अमेरिका मा पनि बहिराहरुको संगठन देख्न पाउदा खुशी लागेको बताउनुभयो । समाजसेवा गर्दा प्राप्त हुने आनन्द अरु कुनै काम गर्दा नआउने हुँदा आफ्नो वांचेखुचेको बांकि जिवन बहिरा क्षत्रमै विताउने गिरीले बताउनु भयो ।

पोखरावाट हालै अमेरिका आउनुभएका गण्डकी बहिरा संघका संस्थापक महासचिव सुर्य मोहन वरालले अमेरिकामा रहेका सवै नेपाली वहिराहरु एक आपसमा संगठित भएर अगाडी वढेमा धेरै काम गर्न सकिने वताउँदै सुरुवाती अवस्थामा काम गर्न कठिनाई भए पनि विस्तारै समाधान हुँदै जाने वताउनु भयो ।

आज भन्दा १३ वर्ष अघि पोखरावाट अमेरिका आँउदा यहाँको अध्यागमन सम्वन्धी निति नियम कानुन वारे जानकारी नपाउँदा धेरै हण्डर वेहोरेको र आजकल उक्त समस्या विस्तारै न्यूनिकरणँ हुँदै गएको धारणा राख्दै अध्यक्ष गिरीले वहिराहरुलाई अमरिकामा रहनुभएका सवै सुन्ने व्यक्ति र नेपाली समुदायवाट सहयोग र सद्भाव को अपेक्षा गर्नुभयो ।

संस्थाका महासचिव उपेन्द्र खनालले अमेरिकामा रहेका नेपाली वहिराहरुले नेपाली दोभासेको अभावका कारणँ अस्पताल तथा अध्यागमन सम्वन्धी निकाएमा विविध झन्झट वेहोरेको वताँउँदै त्यो समस्या समाधानको दिशा तर्फ समितिको ध्यान जाने वताउनु भयो । उक्त कार्यक्रममा नवराज पौडेल , प्रशंसा लंसाल, लोकेश खड्का सहितले वहिरा समितिको महत्व सम्वन्धी मन्तव्यराख्नु भएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com