अष्ट्रेलियामा विवाह गर्दा ध्यान दिनुपर्ने कुराहरु


प्रकाशित मिति : असार ४, २०७५ सोमबार

अष्ट्रेलियामा विवाहलाई लिएर आफ्नै केही कानूनी मान्यताहरु रहेका छन् । विवाह वा सम्बन्ध विच्छेदका बारेमा यहाँको कानूनले आधिकारिता खोज्ने गर्दछ ।

अष्ट्रेलियामा विवाह गर्न चाहनेले ध्यान दिनुपर्ने मूख्य कुराहरु निम्न छन् :

-अष्ट्रेलियाको कानून अनुसार १८ वर्ष विवाहको लागि उपयुक्त उमेर हो । यसको लागि जन्मदर्ता प्रमाणपत्र अनिवार्य हुन्छ ।

-पादरीबाट विवाह सम्पन्न गराउने हो भने एक महिना पहिले जानकारी दिनुपर्छ र विवाहको समय जानकारी गराएको १८ महिना कट्नु हुँदैन ।

-अन्तर्राष्ट्रिय बेहुला बेहुलीहरुले आफ्नो देशमा गरिएको विवाह दर्ता अध्यागमन विभागमा बुझाउनुपर्छ ।

-यदि पहिले पनि विवाह गरिसकेको भए सम्बन्धविच्छेद गरेको हो भने सम्बन्धविच्छेदको प्रमाण पत्र र विधुवा वा विदुर हो भने पहिलेको जीवनसाथीको मृत्युदर्ता प्रमाणपत्र बुझाउनुपर्छ ।

-यदि विदेशी नागरिकले अष्ट्रेलियाली नागरिक विवाह गर्न चाहेमा, आफू विवाह वा अरु कुनै त्यस्तो सम्बन्धमा नरहेको पर्याप्त प्रमाण पेश गर्नुपर्छ । यसको लागि कन्सुलेटको सहयोग लिन सकिन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com