विश्वकप २०१८ अन्तर्गत आज तीन खेल हुँदै, मेसी लगायत दुई स्टारको चम्कने अवसर


प्रकाशित मिति : असार २, २०७५ शनिबार

रसिया विश्वकप फुटबल अन्तर्गत शनिबार तीन खेल हुँदैछन् । पहिलो खेलमा फ्रान्सले अष्ट्रेलियाको सामना गर्दा अर्जेन्टिनाले नवप्रवेशी मुलुक आइसल्याण्डको सामना गर्दैछ । त्यस्तै तेस्रो खेलमा पेरुले डेनमार्कसंग आमने सामने हुँदा चौथो खेलमा क्रोएसियाले नाइजेरियाको सामना गर्नेछ ।

फ्रान्स भर्सेस अष्ट्रेलिया

फ्रान्स सन् १९९४ यताका सबै विश्वकपमा सहभागी हुँदै आएको छ । अहिलेसम्म १४ पटक विश्वकप खेलेको फ्रान्स गएको विश्वकपमा क्वाटरफाइनलसम्म पुगेको थियो । फिफा वरियतामा सातौँ स्थानमा रहेको फ्रान्स दुई पटक फाइनलसम्म र पाँच पटक सेमिफाइनलसम्म पुगेको छ ।

फ्रान्स यसपटक २० वर्षपछि उपाधि फर्काउने लयमा देखिएको छ । स्टार खेलाडीले भरीएको फ्रान्स समग्रमा बलियो टिम हो । सबै खेलाडी विश्वका शीर्ष लिगका क्लबमा आबद्ध छन् । ओलिभर जिरउडको फ्रान्सका आकर्षक हुन् । त्यस्तै फिफा वरियतामा ४० औँ स्थानमा रहेको अस्ट्रेलियाको यो पाँचौ विश्वकप हो ।

पहिलोपटक सन् १९७४ मा विश्वकप खेलेको अस्ट्रेलिया अहिले लगातार चौथो पटक विश्वकपको लागि छनोट भएको हो । सन् २०१५ मा एसियन कपको उपाधि जितेको अस्टे्रलिया यसपटक विश्वकपमा समूह चरणबाट माथि पुग्ने लक्ष्यका राखेको छ ।

फ्रान्स र अष्ट्रेलियाको यस अघि सन् २००१ मा कन्फेडेरेसन कपमा भेट भएको थियो । जहा अष्ट्रेलियाले फ्रान्सलाई एक शुन्य गोलले हराएको थियो । सन् १०१३ मा भने फ्रान्सले अष्टेृलियालाई ६– ० गोलले पराजित गरेको थियो । यी दुइुको खेल काजान एरेना स्टेडियममा नेपाली समय अनुसार पौने ४ बजे हुनेछ ।
अर्जेन्टिना भर्सेस आईसल्याण्ड

सन् १९३० देखि नै विश्वकप खेलेको अर्जेन्टिनाले दुई पटक विश्वकपको उपाधि जितेको छ । १७ पटक विश्वकप खेलीरहेको अर्जेिन्टना सन् १९७८ र १९८६ मा विश्वकप जितेको थियो । पाँच पटक सेमिफाइनलमा पुगेको अर्जेिन्टना पाँच पटक नै विश्वकपको फाइनलमा पुगेको छ । यो पटक अर्जेन्टिनामा स्टार स्ट्राइकर लियोनल मेसी बाहेक धेरै राम्रा राम्रा खेलाडी पनि छन् ।

अजेन्र्टिना मेसीकै हृयाट्रिकको सहयोगमा विश्वकपका लागि छनौट भएको थियो । २१ औ सस्करण सम्म आईपुग्दा विश्वकपमा पहिलो पटक छनोट भएको आइसल्याण्ड खेल सुरु हुनु नै केहि रेकर्ड बनाईसकेको छ । फिफाको वरियतामा २२ औँ स्थानमा रहेको आईसल्याण्डको यो नै ठुलो प्रतियोगीतामा हो ।

आइसल्याण्ड विश्वकप खेल्ने सबैभन्दा सानो देश भएको र पहिलो पटक भएको कारण पनि यसैले आइसल्याण्ड विश्वकपमा हारजितको दौरानमा छैन । यी दुईको खेल नोपली समय अनुसार पौने सात बजे स्पार्टक स्टेडियम मस्कोमा हुनेछ ।

पेरु भर्सेस डेनमार्क

फिफा वरियतामा ११ औँ स्थानमा रहेको पेरु ३६ वर्षपछि विश्वकपमा फर्किएको छ । चार पटक विश्वकप खेलेको पेरु सन् १९८२ यताका विश्वकपमा छनोट हुन सकेको थिएन । त्यस्तै फिफा विश्व वरियतामा १२ औँ स्थानमा रहेको युरोपको फुटबलमा राम्रो टिम मानिने डेनमार्कको यो पाँचौ विश्वकप हो । विश्वकपमा डेनमार्क दुई पटक अन्तिम १६ मा र एकपटक क्वाटरफाइनलसम्म पुगेको छ ।

स्टार स्ट्राइकर क्रिष्टियन इरिकसन डेनमार्कका लागी आकर्षक हुन् । पेरु र डेनमार्कको अहिले सम्म फुटबलमा भेट भएको छैन । त्यसैले पनि आजको खेल दुवै टोलीका निम्ति महत्वपूर्ण हुनेछ ।

यी दुइृको खेल नेपाली समय अनुसार पौने १० वजे मोर्डोभिया स्टेडियमममा हुनेछ । यस्तै दक्षिण अमेरिकी मुलुक पेरुले युरोपेली मुलुक डेनमार्कको सामना गर्दा मध्यराति १२ बजेट ४५ मिनेटमा युरोपको जादुमयी मुलुक क्रोएशियाले अफ्रिकी इगल भनेर चिनिने नाइजेरियाको सामना गर्ने छ ।

आज चम्कन सक्ने स्टारहरु

अरी स्कुलासन आइसल्यान्ड, डिफेन्डर
अरी सुरुवाती समयमा मिडफिल्डर थिए । सन् २०१४ को विश्वकप छनोटमा उनले एकाएक आफ्नो भूमिका परिवर्तन गर्दै लेफ्ट विंगबाट खेल्न थाले ।

सन् २०१६ को युरोकपमा आइसल्यान्डले खेलेका पाँचै खेलमा मैदान उत्रिएका अरीले रसिया विश्वकपमा आफ्नो प्रभाव छाड्ने मनस्थिति बनाएका छन् ।

चार वर्षदेखि आइसल्यान्डको डिफेन्डर क्षेत्र कमान्ड सम्हालेका अरीको मुख्य जिम्मेवारी नै अर्जेन्टिनी कप्तान मेसीलाई रोक्नु हुनेछ । ५६ अन्तर्राष्ट्रिय खेल खेलेका अरी आइसल्यान्डका भरपर्दा डिफेन्डर हुन् ।

एन्टोनियो ग्रिजम्यान फ्रान्स, स्ट्राइकर

स्पेनिस क्लब एटलेटिको म्याड्रिडका एक नम्बरका स्ट्राइकर ग्रिजम्यान यसपटक फिफा वर्ष खेलाडीको अन्तिम तीन सूचीमा पर्न सफल खेलाडी हुन् ।

तेस्रो स्थानमा रहे पनि ग्रिजम्यान रोनाल्डो र मेसीलाई चुनौती दिन सफल रहे । राष्ट्रिय टोलीले खेलेको ५४ खेलबाट २० अन्तर्राष्ट्रिय गोल गरेका ग्रिजम्यानको यो दोस्रो विश्वकप हो ।

लियोनल मेसी अर्जेन्टिना, स्ट्राइकर

विश्वकपमा पहिलोपटक सहभागी भएको आइसल्यान्डमाथि अर्जेन्टिनी कप्तान लियोनल मेसी भारी पर्न सक्छन् । वर्तमान समयकै उत्कृष्ट खेलाडी मेसीले नवप्रवेशी वा अनुभवहीन खेलाडीविरुद्ध जादुमयी खेल देखाउन सक्छन् ।

उनले यो कुरा बार्सिलोनाबाट खेल्दा प्रमाणित गरिसकेका छन् । एक मिडफिल्डर र स्ट्राइकर भूमिकामा समान योगदान दिन सक्ने मेसीलाई हल्का स्पेस छाड्दा पनि आइसल्यान्डले ठूलो क्षति व्यहोर्नुपर्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com