डिभी लोटरी अन्त्य गर्ने नयाँ बिल सार्वजनिक, पारित भए अब डिभी नखुल्ने (पूर्ण पाठ)


प्रकाशित मिति : असार १, २०७५ शुक्रबार

अमेरिकी अध्यागमनमा ब्यापक परिवर्तन ल्याउने गरी रिपब्लिकन पार्टीका सांसदहरुले नयाँ बिलको ड्राफ्ट ल्याएका छन् । नयाँ बिलमा बाल्यकालमा अमेरिका आएर कागजपत्रविहिन भएका कथित ड्रिमरहरुलाई नागरिकताको बाटोमा लैजाने, सिमानामा पर्खाल लगाउन २५ बिलियन डलर छुट्याउने, डिभी लोटरीको अन्त्य गर्ने र चेन माइग्रेशनको अन्त्य गर्ने लगायतका विषयहरु समेटिएका छन् ।

बिहिबार सांसदहरुमाझ छलफलका लागि दिइएको २९३ पृष्ठ लामो ड्राफ्टमा आगामी साता मतदान हुने बताइएको छ । बिल पारित भएमा आगामी अक्टोबरदेखि लागु हुनेछ भने यसैबर्षदेखि डिभी लोटरी पनि खारेज हुनेछ ।

बाल्यकालमा अमेरिकामा ल्याइएका कागजपत्रविहिनहरुले ६ बर्षका लागि गैरआप्रवासी कानुनी हैसियत प्राप्त गर्नका लागि आवेदन दिनसक्ने बिलमा उल्लेख छ । त्यस्तै बिलले २५ बिलियन डलर पर्खाल निर्माणका लागि खर्च गर्ने अनुमति दिनेछ । तर सिमानामा पक्राउ परेका बच्चाबच्चीहरुलाई सरकारी हिराशतमा रहँदा बाबुआमाबाट अलग राख्न नपाउने व्यवस्था गर्नेछ ।

पूर्ण पाठ पढ्न यहाँ क्लिक गर्नुहोला ।

डिभी लोटरी खारेज गरेर मेरिटमा आधारित नयाँ प्रणाली लागु गर्नेछ । डिभी लोटरीका ५५ हजार भिसाहरु अन्य कार्यक्रममा लगाइने बिलमा उल्लेख छ । आगामी मिडटर्म इलेक्सन भन्दा अगाडि नै अमेरिकी अध्यागमनमा परिवर्तन ल्याउन खोजिएको सम्भवत यो नै अन्तिम बिल हुनेछ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com