दक्षिण अष्ट्रेलियाले खुलायो स्टेट नोमिनेशन भिसा एप्लिकेसन


प्रकाशित मिति : जेष्ठ ३०, २०७५ बुधबार

दक्षिण अष्ट्रेलिया राज्यले स्टेट नोमिनेशन भिसा एप्लिकेशन पुन: खुलाएको छ । दक्षिण अष्ट्रेलियाले गत जुन ७ देखि १८८ / १३२ भिसाको लागि आवेदन खुल्ला गरेको हो ।

सबक्लास १८८ भिसा बिजनेस इनोभेसन एण्ड इन्भेस्टमेन्ट भिसा हो । सबक्लास १३२ भिसा बिजनेस ट्यालेन्ट ( पर्मानेन्ट) भिसा हो । यी दुई भिसा अष्ट्रेलियामा बिजनेस गर्ने अनुमती दिने भिसा हुन् । भिसाको आवेदन दिनको लागि व्यक्ति पहिल्यै दक्षिण अष्ट्रेलिया गएको हुनुपर्ने बताइएको छ ।

दक्षिण अष्ट्रेलियाले आगामी जुलाई महिना देखि अरु भिसाको लागि पनि एप्लिकेशन खुल्न सक्ने सम्भावना रहेको जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com