मेसीले विश्वकप सकिए लगतै आफू अन्तर्राष्ट्रिय फुटबलबाट अलग हुने घोषणा गरे


प्रकाशित मिति : जेष्ठ २९, २०७५ मंगलबार

विश्वकप फुटवलको मुखैमा आएर अर्जेन्टिनी स्टार खेलाडी लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने घोषणा गरेका छन् । उनले विश्वकप सकिए लगतै आफू अन्तर्राष्ट्रिय फुटबलबाट अलग हुने घोषणा गरेका हुन् ।

उनले विश्वकपमा जस्तो नतिजा आएपनि संन्यास लिन नरोकिने स्पष्ट पारेका छन् । यसपटक भने आफूले साँच्चिकै अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिन चाहेको मेसीले बताएका छन् ।

ुमेरो निर्णय विश्वकप पछि नै आउने छ, तर विश्वकपमा कस्तो किसिमको प्रदर्शन हुन्छ, त्यसमा मेरो फुटबलको फैसला हुनेछ,ु मस्कोमा विश्वकपका लागि अभ्यास गरिरहेका मेसीले एक समाचार एजेन्सीसँग भने ।

यसअघि कोपा अमेरिका फुटबलको फाइनलमा पराजित भएपछि मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने घोषणा गरेका थिए । अर्जेन्टिनाका राष्ट्रपतिलगायत करोडौं फुटबलप्रेमीको आग्रहमा मेसीले आफ्नो संन्यास फिर्ता लिएका थिए ।

पछिल्ला चार वर्षमा अर्जेन्टिना तीन ठूला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको थियो। तर अर्जेन्टिनाले कुनै एकमा पनि जित निकाल्न सकेको छैन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com