ट्रम्प र किम जोङको सुरक्षाका लागि विशेष दस्ताका रूपमा खटिए गोर्खा


प्रकाशित मिति : जेष्ठ २८, २०७५ सोमबार

ट्रम्प र किमको सुरक्षाका लागि सिंगापुरले आफ्नो प्रहरीमा रहेका गोर्खाहरूलाई खटाएको छ । सिंगापुर प्रहरीका गोर्खाहरू वार्तास्थल, सडक र होटलको सुरक्षामा खटेका छन् ।

सिंगापुरका कानून तथा आन्तरिक मामिला मन्त्री के. सान्मुगमले ट्रम्प र किमको सुरक्षार्थ ५ हजार बढी प्रहरी परिचालन गरिएको र त्यसमध्ये विशेष दस्ताका रूपमा गोर्खा रहेको बताए ।

‘यति महत्वपूर्ण कार्यक्रमको सुरक्षामा गोर्खाहरूले जिम्मेवारी पाएको देख्नु गर्वको क्षण हो,’ ३७ वर्ष बेलायती सेनामा काम गरेका कृष्णकुमार आलेले समाचार संस्था एपीसँग भने, ‘यसले संसारका दुई महत्वपूर्ण नेताको सुरक्षामा हामीलाई विश्वास गरिने तहसम्म हामी गोर्खाहरु पुग्यौं भन्ने देखाउँछौं ।’

केही समयअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अमेरिकी रक्षा मन्त्री जिम म्याटिससहित केही क्षेत्रीय मन्त्रीहरू एक सुरक्षा गोष्ठीका लागि आउँदा पनि सांग्रिला होटलको सुरक्षामा अरूबेला खासै नदेखिने गोर्खा सैनिक खटिएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com