नेपाल प्रहरीमा अब ३ जना मात्र एआईजी, स्थानीय तहका लागि नयाँ दरबन्दी


प्रकाशित मिति : जेष्ठ २७, २०७५ आईतबार

नेपाल प्रहरीमा अब बढीमा तीनजना मात्र एआईजी रहने भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले ३ जना मात्रै एअार्इजीकाे दरबन्दी राख्ने निर्णय गरेकाे हाे ।

यस्तै सशस्त्र प्रहरीमा पनि २ वटा मात्र एआर्इजी राख्ने निर्णय बैठकले गरेकाे छ। नेपालको प्रादेशिक संरचनाअनुसार नेपाल प्रहरीमा आवश्यक दरबन्दी परिपूर्ति गरिने निर्णय समेत मन्त्रीपरिषदले गरेको छ।

यसअघि गृह मन्त्रालयले नेपाल प्रहरीमा बढीमा ५ जना र सशस्त्रतर्फ बढीमा २ जना एआईजी राख्ने प्रस्ताव गरेको थियो । तर, प्रदेशमा डीआईजी राखेर महानगरीय प्रहरी आयुक्तको कार्यालयमा एआईजी राख्नु उपयुक्त नहुने निष्कर्ष निकाल्दै मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीमा तर्फ ३ जना मात्रै एआईजी राख्ने निर्णय गरेको हो ।

यसैगरी बैठकले नेपाल प्रहरीलाई सबै स्थानीय इकाईमा लैजान १ हजार ६०० नेपाल प्रहरीको दरबन्दी खुलाउने निर्णय पनि गरेको छ। निर्णय अनुसार अागामी अार्थकि वर्षमा भने ३ हजार १०१ प्रहरीको दरबन्दीका लागि गृहलाई स्वीकृति दिने बैठकको निर्णय छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com