विश्व समुदायको ध्यान अमेरिका र उत्तर कोरिया बीचको शिखर वार्तामा


प्रकाशित मिति : जेष्ठ २४, २०७५ बिहीबार

विश्व राजनीतिमा अहिले सबैभन्दा धेरै चर्चाको विषय बनेको छ अमेरिका र उत्तर कोरियाबीच हुन लागेको शिखर वार्ता ।
यस वार्तालाई दुबै देशका लागि “बार्गेनिङ टेबल” को रुपमा विश्लेषण गरिएको छ । जहाँ अमेरिकाको मुख्य उद्देश्य उत्तर कोरियाको आणविक कार्यक्रम बन्द गराउनु हुनेछ भने उत्तर कोरियाले पनि आफ्ना केही स्वार्थ अगाडि राख्नेछ ।

यी दुई देशबीचको शिखर वार्तालाई लिएर अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले हालै गरेको विश्लेषण अनुसार उत्तर कोरियाले अमेरिकासँगको शिखर वार्ताबाट तिनवटा उद्देश्य राखेको छ । आफ्ना आणविक कार्यक्रम रोक्ने सहमतिमा पुगेको उत्तर कोरियाले त्यसको बदलामा अमेरिकाबाट सुरक्षाको प्रत्याभुतिका लागि अर्को कुनै उपाय खोज्नेछ ।

त्यस्तै शिखर वार्तामा उत्तर कोरियाको अन्य दुई महत्वपूर्ण एजेन्डा आत्मसम्मान र सम्बृद्धि हुने बीबीसीको विश्लेषण छ । जुन १२ तारिखमा सिंगापुरमा दुई देशबीच शिखर वार्ता तय भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उन औपचारिक रुपले एक अर्काका अगाडि बस्ने छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com