१५ हजार विदेशी कामदार छान्न अमेरिकाले लोटरी गर्ने


प्रकाशित मिति : जेष्ठ २३, २०७५ बुधबार

अमेरिकी सरकारको युएससीआईएसले १५ हजार विदेशी कामदार छान्न लोटरी प्रणाली अपनाउने भएको छ । कृषि क्षेत्रबाहेक अन्य क्षेत्रका लागि अमेरिकाले हालै १५ हजार अस्थायी विदेशी कामदारको कोटा थपेको थियो । विदेशी कामदार आवश्यक भएका अमेरिकी बिजनेशहरुका लागि एच टु बी नामको भिसा संख्यामा थप गरिएको हो ।

थपिएका भिसाका लागि गत मे ३१ देखि आवेदन आउन सुरु गरेका थिए भने जुन ६ सम्म आवेदन लिइएको थियो । आवेदनका सुरुका ५ बिजनेश दिनमा नै १५ हजारभन्दा धेरै आवेदनहरु परेपछि कामदार छान्न लोटरी प्रणाली अपनाइने भएको हो ।

कम्प्युटरबाट लोटरी प्रणालीबाट छानिसकेपछि उनीहरुका बारेमा जानकारी गराउने युएससीआईएसले जनाएको छ । छनौटमा नपरेका आवेदनहरु युएससीआईएसले आवेदन शुल्कसहित नै फिर्ता गरिदिने भएको छ । जुन ६ पछि प्राप्त आवेदनहरुपनि युएससीआईएसले अस्वीकृत गर्दै आवेदकलाई नै फिर्ता पठाउने भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com