अष्ट्रेलियामा कम तलबमा विद्यार्थीलाई काम लगाउने भारतीय व्यवसायीलाई २ लाख डलर जरिवाना


प्रकाशित मिति : जेष्ठ २३, २०७५ बुधबार

अष्ट्रेलियामा कम तलबमा विद्यार्थीलाई काम लगाउने एक भारतीय व्यवसायीलाई अदालतले २ लाख डलर जरिवाना तोकेको छ । पूर्वी ब्रिसबेनमा संचालित सेभेन-इलेभेन फ्युल आउटलेटका अविनाश प्रताप सिंहलाई उक्त कारबाही गरिएको हो ।

अविनाश सिंहले भारतका दुई विद्यार्थीलाई काममा लगाएका थिए । उनीहरुलाई सिंहले एक घण्टाको १४.१४ डलर भन्दा कम तलब दिने गरेका थिए । २०१४ मा काम सुरु गरेका ती विद्यार्थीलाई कामको अवधि भरिमा एकलाई ४ हजार ४ सय ३९ डलर र अर्को विद्यार्थीलाई १ हजार १ सय ५४ डलर कम तलब दिएका थिए । फेयर वर्क सम्म यो कुरा पुगेपछि उनलाई कानुनी दायरामा ल्याइएको हो ।

अविनाशले विद्यार्थीलाई कम तलब दिने मात्र नभई लेखा र कागजातहरुमा कामदारहरुलाई धेरै तलब दिएको देखाएका कारण उनलाई कडा कारबाही गरिएको बताइएको छ ।

अदालतको फैसला अनुसार अविनाश सिंहले ३२ हजार १ सय ३० डलर र उनको कम्पनीले १ लाख ६० हजार ६ सय ५० डलर जरिवाना तिर्नुपर्ने भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com