चीन पठाउने गैंडाको आनीबानी सुध्रियो


प्रकाशित मिति : जेष्ठ २२, २०७५ मंगलबार

चीनलाई उपहार दिन चितवन निकुञ्जको जंगलबाट ल्याएर सौराहास्थित बोमामा राखिएको एकसिंगे गैंडाका बच्चा (केटो) एक महिनामै मानिससँग लहसिन थालेको छ।

शुरुमा आउँदा आक्रामक गैंडा सबै अहिले मानिससँग नजिक हुन थालेको हो। मानिसले खानेकुरा ल्याइदिन्छ की भनेर मानिस देख्ने वित्तिकै नजिक आउन थालेको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका निमित्त कार्यालय प्रमुख रामकुमार अर्यालले जानकारी दिए।

उनका अनुसार अहिले गैंडालाई खोर(बोमा) भित्रै पुगेर कर्मचारीहरूले खानेकुरा दिन थालेका छन्। यसअघि खोर नै भत्काउला झैं गरेर गैंडा आक्रामक रुपमा प्रस्तुत हुन्थ्यो। ‘अझै अर्काे ठूलो बोमामा राख्ने बेला भएको छैन, अर्यालले भन्नुभयो, ‘अर्काे महिनाबाट सार्न मिल्छ की भन्ने अनुमान छ।’

तिनीहरूको अवस्था, आनीबानी, स्वास्थ्य तथा गतिविधि र आनीबानीका बारेमा पशु चिकित्सक, कर्मचारी र वन्यजन्तु प्राविधिज्ञले निगरानी गरिरहेका छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com