नेपालको टीपीएसबारे युएससीआईएसको नयाँ सुचना, नथपिनुको कारणबारे थप ब्याख्या


प्रकाशित मिति : जेष्ठ ९, २०७५ बुधबार

अमेरिकामा रहेका नेपालीलाई दिइएको टीपीएस सुविधा नथपिनुको कारणबारे थप ब्याख्याका साथ युएससीआईएसले फेडेरल रजिष्टरमा मंगलबार सुचना प्रकाशित गरेको छ । सुचनामा नेपालको टीपीएस नथपिनुको कारणबारे विस्तारमा ब्याख्या गरिएको छ ।

अमेरिकी सरकारको विदेश मन्त्रालय लगायतका सरकारी एजेन्सीहरुबाट प्राप्त सुझावहरुका आधारमा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले नेपालको अवस्थाको पुनरावलोकन गरी टीपीएस खारेज गर्ने निर्णय गरेको सुचनामा जनाइएको छ । नेपालमा पुन निर्माणको प्रकृयामा उल्लेख्य प्रगति गरेको, सफा पानी र स्वाथ्यबर्धक चीजमा नेपालीहरुको पहुच बढेको, हजारौं घरहरु पुननिर्माण भइसकेको र अरु पुननिर्माणको प्रकृयामा रहेको, अस्पताल र विद्यालयहरु संचालनमा रहेको, बाटोहरु पुननिर्माण गरिएको, सरकारका मन्त्रालय तथा निकायहरुपनि भूकम्प अगाडिकै जस्तो अवस्थामा संचालनमा रहेको तथा नेपालले आफ्ना देशका नागरिकहरु फर्कदा ह्याण्ड गर्न नसक्ने अवस्था कायम नहरेको लगायतका कारणले टीपीएस नथपिएको सुचनामा प्रष्ट पारिएको छ ।

भूकम्पपछिको पुननिर्माणका लागि नेपालले विदेशी दाताबाट उल्लेख्य रकम प्राप्त गरेको, आवासको पुननिर्माणमा उल्लेख्य प्रगति गरेको, भत्केका ७ घरमध्ये एकघर पूर्णरुपमा निर्माण भइसकेको अवस्था कायम भएको, भत्केका आधा घरहरु पुननिर्माणको प्रकृयामा रहेको, राष्ट्रियस्तरका भत्किएका सबै पूर्वाधारहरु पुननिर्माण भइसकेको पनि सुचनामा उल्लेख गरिएको छ । विदेशमा काम गरेर हजारौं नेपालीहरु बर्षेनी घर फर्कने गरेको र नेपाल सरकारले स्वदेश फर्कने आफ्ना नागरिकको समायोजन गर्न सफल रहेको पनि फेडेरल रजिष्टरमा प्रकाशित सुचनामा जनाइएको छ ।

स्वदेश आफ्ना नागरिकको व्यवस्थापनमात्र नभई नेपालले पर्यटकहरुलाई समेत भूकम्प अगाडिको भन्दा समेत ठूलो संख्यामा स्वागत गरिरहेको पनि अमेरिकी सरकारले प्रकाशित गरेको सुचनामा उल्लेख छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com