अमेरिकामा टीपीएस पाएका नेपालीको पुनदर्ता आवेदन खुल्ला


प्रकाशित मिति : जेष्ठ ९, २०७५ बुधबार

अमेरिकामा टीपीएस प्राप्त नेपालीहरुले आफ्नो टीपीएसको अवधि सन् २०१९ को जुन २४ मा बढाउन चाहेमा पुन आवेदन दिनुपर्ने अमेरिकी सरकारको युएससीआईएसले जनाएको छ । यसअगाडि अमेरिकामा रहेका नेपालीलाई दिइएको टीपीएसको अवधि सन् २०१८ को जुन २४ सम्म रहेकोमा अमेरिकाले पुन नथप्ने गरी एकबर्षको अवधि दिएको थियो ।

त्यसैले थप एकबर्षको अवधिभर टीपीएसको स्टेटसमा रहनका लागि यही मे २२ देखि जुलाई २३ सम्म पुनदर्ता गराउन युएससीआईएसले सुचना जारी गरेको छ । पुन दर्ता नगराउनेहरुको टीपीएस अवधि यही जुन २४ मा सकिनेछ । पुन दर्ता गराउन चाहनेहरुले आई ८२१ नामको फर्म भर्न आवश्यक छ भने आवेदकले आई ७६५ फर्म भरेर वर्क परमिटका लागि पनि आवेदन दिनसक्छन् ।

युएससीआईएसले आवेदकलाई सन् २०१९ को जुन २४ मा अद्यावधिक रहने वर्क परमिट उपलब्ध गराउनेछ । वर्तमान वर्क परमिट आगामी जुन २४ मा नै सकिने र तुरुन्तै नयाँ वर्क परमिट आउन समय लाग्ने भएकाले युएससीआईएसले वर्तमान वर्क परमिटकै अवधि १८० दिन अर्थात सन् २०१८ को डिसेम्बर २१ सम्म लम्बाएको छ । अर्थात् त्यतीन्जेलसम्म आवेदकले अहिलेकै वर्क परमिट प्रयोग गर्न सक्नेछन् ।

गतमहिना अमेरिकी सरकारले नेपालको अवस्थामा सुधार आएको भन्दै नेपालीलाई दिइएको टीपीएस खारेज गर्ने घोषणा गरेको थियो । तर त्यस्तो खारेजी भने सन् २०१९ को जुन २४ पछि लागु हुने व्यवस्था गरिएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com