काठमाडौंमा रगतको चरम हाहाकार, विरामीका आफन्तहरुलाइ सास्ती


प्रकाशित मिति : जेष्ठ २, २०७५ बुधबार

काठमाडौं उपत्यकामा रगतको चरम हाहाकार भएको छ । दैनिक ४०० युनिट रगत माग हुनेमा दैनिक ३५ र ४० युनिट मात्र रगत संकलन हुँदा साझा रक्त समुहका रगतहरु समेत ब्लड बैंकहरुमा पाइन् छोडेको छ ।

बिरामीका आफन्तहरुले पाउनु सम्मको सास्ती पाउँदा रगत अभावले अस्पतालहरुमा अप्रेसन समेत स्थगित गर्नु परेको चिकित्सकहरुले बताएका छन् ।

बाराकी २२ बर्षीया आशमा थापाको पेटको अप्रेसनको लागि ग्रीनसिटी अस्पतालमा २ पिन्ट बी पोजेटिभ रगत आवश्यक प¥यो । सबैतिर रगत खोज्दा कतै नपाइए पछि शिक्षण अस्पतालमा भनसुन गरेरै क्रस म्याच गराइयो र सोमबार हुनु पर्ने अप्रेसन मंगलबार गरियो । रगत खोज्दा पाउनु सम्मको सास्ती पाएको उनका अभिभावकको भनाई छ ।

निदान अस्पतालमा मृगौलाको रोगी आफ्नो आमालाइ रगतको आवश्यक परे पछि ब्लड बैक पुगेका ममता झाले रगत पाएनन् । भक्तपुरमा समेत रगत नपाएका उनले अन्तिममा सामाजिक संजाल मार्फत डोनर खेजेको दुखेसो पोखिन ।

दुर्घटना, प्रसूति, क्यान्सर, शल्यक्रिया गर्नुपर्ने रोग जस्ता बिरामीको सङ्ख्या बढ्दै जाँदा रगतको मागसमेत दिन प्रतिदिन बढ्दै गएको छ । नेगेटिभ ग्रुपका रगतको समस्या पहिले देखि नै भए पनि साझा रक्त समुहका रगत समेत अभाबले अस्पतालहरुमा कतिपय अप्रेसन समेत स्थगित गर्नु परेको शल्य चिकित्सक डा रोमियो कंसाकार बताउनु हुन्छ ।

हाल उपत्यकामा ४०० युनिट ब्लडको माग छ । शनिबार बाहेक अन्यदिन ३५ र ४० युनिट रगत मात्र संकलन हुन्छ । रक्तदान कार्यक्रमहरुमा समेत लक्ष्य अनुरुपको रगत संकलन हुन सकेको छैन । त्यसैले रगत अभाब भएको ब्लड बैकका उपनिर्देशक डा प्रकाशकुमार यादब बताउनुहुन्छ ।

रगत अभाबले रगत जुटाउन ब्लड बैंक पुग्ने भन्दा सामाजिक सञ्जाल नै रगत जुटाउनका लागि सजिलो माध्यम बन्दै गएको छ । ब्लड बैंक अपायक ठाउँमा हुँदा आम सर्वसाधारणले पाएको दुःख त छदै थियो बालकुमारीसम्म पुगेर पनि रगत नपाउदा अझ पीडा थपिएको छ ।

विसं २०३९ भन्दा पहिले नेपालमा ब्लड खरिद बिक्रि हुने गर्दथ्यो । रगत आबश्यक हुनेले आफै मानिस खोजी रगत खरिद गर्दथे । यद्दपि रगत खरिद बिक्रि गर्ने बस्तु होइन स्वतस्फुर्त दान गर्नु पर्छ भन्ने जागरण गराइयो ।

त्यसपछि यसलाई रक्तदान जीवनदानकोरुपमा अघि सारियो । तर अहिले देखिएको अभावले पुनः एकपटक आम मानिसमा सूचना र सचेतना पु¥याउन र जगाउन आवश्यक देखिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com