अपहरणको एक दिनपछि छ महिलाको शव भेटियो


प्रकाशित मिति : जेष्ठ १३, २०७५ आईतबार

मेक्सिकोमा अपहरणमा परेका छ जना महिलाको शव अपहरणमा परेको एक दिनपछि शनिबार भेटिएको जनाएको छ ।

तामौलिपास राज्यमा रहेको एउटा खाद्य उद्योगमा कार्यरत ती महिलालाई कार्यालय बाहिरबाट हतियारधारी व्यक्तिले गत शुक्रबार ती महिलालाई अपहरण गरेका थिए ।

महिलाहरुको शव उत्तरी राज्यको एक राजमार्ग क्षेत्रमा भेटिएको अधिकारीहरुले जानकारी दिएका छन् । मेक्सिकोको राज्यमा लागूऔषध लगायतका विभिन्न मुद्दामा प्रायःनिमुखा नागरिकहरु हिंसामा पर्ने गरेका पाइएको छ ।

उक्त राज्यमा विविध क्षेत्रका तस्कर गिरोह र लागूऔषध प्रयोगकर्ताको पनि ठूलो सञ्जाल रहेको र यस्ता हिंसाबाट कैयौँ नागरिक नै प्रभावित हुनेगरेका प्रहरीको भनाइ छ ।

उक्त आपराधिक र हिंसात्मक घटनाको अनुसन्धान सुरु गरिसकिएको अधिकारीहरुले बताएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com