न्युयोर्कमा १२ बर्षका नेपाली विद्यार्थीलाई साढे ४ लाख डलरको फेलोसिप


प्रकाशित मिति : बैशाख २२, २०७५ शनिबार

न्युयोर्कका १२ बर्षका नेपाली विद्यार्थी जेम्स कर्माचार्यले झण्डै ३ सय विद्यार्थीबाट छानिएर टेक फेलोसिप नामको अत्यन्तै महत्वपूर्ण छात्रबृत्ति प्राप्त गरेका छन् । कक्षा ६ बाट स्नातकसम्म अध्ययनका लागि उनले झण्डै साढे ४ लाख अमेरिकी डलरको छात्रबृृत्ति प्राप्त गरेका हुन् ।

विभिन्न परीक्षाहरु, अन्तरवार्ताहरु लगायतका प्रकृया पूरा गरेर यो छात्रबृत्तिको लागि छानिन जेम्सलाई झण्डै ६ महिना लागेको उनका बुबा राजन कर्माचार्यले जानकारी दिएका छन् । टेक फेलोसिप न्युयोर्कमा रहेका ट्यालेन्ट विद्यार्थीहरुलाई राम्रो शिक्षाको अवशर प्रदान गर्नका लागि संचालित छ ।

सन् १९९८ मा स्थापित टेक फेलोसिपबाट न्युयोर्क सहरका ६ कक्षामा अध्ययनरत कैयन विद्यार्थीहरु लाभान्वित भएका छन् । न्युयोर्क सहरका विद्यालयहरुलाई ६ कक्षामा अध्ययनरत ट्यालेन्ट विद्यार्थीहरुको नोमिनेशनका लागि टेक फेलोसिपले आब्हान गर्छ । झण्डै ३ सय जना नोमिनेशनमा पर्नेहरुबाट ३० जना छानेर यो फेलोसिप प्रदान गरिन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com