‘कम्पन’को विश्वब्यापी लोकार्पण मे ११ मा न्युयोर्कमा


प्रकाशित मिति : बैशाख २१, २०७५ शुक्रबार

पत्रकार किशोर पन्थीले लेख्नुभएको पुस्तक ‘कम्पन’को विश्वब्यापी लोकार्पण मे ११ तारिख शुक्रबार न्युयोर्कमा हुने भएको छ । विश्वब्यापी लोकार्पणपछि ‘कम्पन’ विश्वका अन्य देशमा पनि उपलब्ध हुनेछ ।

मे ११ मा दिउसो ४ बजे न्युयोर्कको ज्याक्सनहाइटमा रहेको यहूदी केन्द्रमा ‘कम्पन’को विश्वब्यापी लोकार्पण र त्यसपछि लेखकले पुस्तकमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । पाठकहरुले लेखकबाट हस्ताक्षर गरिएको प्रति लिने र रेड कार्पेटमा लेखकसँग फोटो खिच्ने कार्यक्रम समेत रहेको छ ।

सन् २०१५ को अप्रिल २५ को पहिलो भूकम्पको २ दिन अगाडि नेपालमा ‘कम्पन’को लोकार्पण लेखककी आमा तुल्सीदेवी पन्थी, दुईजना पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र बाबुराम भट्टराई, पूर्वमन्त्री पम्फा भुसाल, कम्पनका पात्रहरु, प्राध्यापाक डाक्टर खगेन्द्र लुईटेल, बरिष्ठ पत्रकार किशोर नेपाल, नेपाल प्रहरी र सशस्त्र प्रहरीका पूर्व प्रमुख उपेन्द्रकान्त अर्याल र दुर्जकुमार राई लगायतले गरेका थिए ।

दोश्रो ठूलो भूकम्प मे १२ मा आएको पूर्वसन्ध्यामा मे ११ मा न्युयोर्कबाट ‘कम्पन’को लोकार्पण गर्न लागिएको हो । ‘कम्पन’ विपत्तिको सामना आशा, उच्च मनोबल र मानवीय सहयोगका आधारमा सिमित साधनश्रोतका बीचपनि कसरी गर्न सकिन्छ भन्ने सन्देश दिन फिक्सनल स्वरुपमा लेखिएको ननफिक्सन हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com