काभ्रेमा वैकल्पिक आन्तरिक विमानस्थल, बन्ला त काठमाडौंको विकल्प ! (भिडियासहित)


प्रकाशित मिति : बैशाख २०, २०७५ बिहीबार

नेपालको केन्द्रीय राजधानी काठमाडौंको हरेक समय सडकमा जाम हुने गरेको कुनै नौलौ विषय होइन । तर अहिले भने राजधानीका सडकमा मात्र जाम होइन आकाशमा समेत ट्राफिक जाम हुन थालेको छ । नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङको समस्या बढ्दै गएपछि एयर ट्राफिक जामको समस्या भोग्नु परेको छ । आकाशमा ट्राफिक जाम, खराब मौसमले हवाई उडान रद्द र समय हेरफेर हुँदा सयौं यात्रु समस्यामा पर्ने गरेका छन् । काठमाडौंको आकाशमा हुने ट्राफिक जामले उडान रद्द तथा समय हेरफेर हुँदा भरतपुर, पोखरा, विराटनगर, नेपालगन्ज, भैरहवालगायत आन्तरिक विमानस्थलमा सयौं यात्रुले सास्ती खेप्दै आएका छन् । लामो समय कुरेपछि बल्ल उडान रद्द भएको जानकारी पाउने, विमानस्थलमै घन्टौं कुर्नुपर्नेलगायत समस्या यात्रुले भोग्दै आएका छन् । विगतमा भन्दा पछिल्ला दिनहरुमा हवाई कम्पनीको वृद्धि हुनु, यात्रुको चाप बढ्नु र एउटै विमानस्थलबाट आन्तरिक तथा बाह्य उडानको व्यवस्थापन मिलाउनुपर्ने भएकाले पनि थप समस्या भएको हो । उडानमा समस्या भएको वर्षौसम्म पनि सम्बन्धित निकायले समयमै वैकिल्पिक उपायको खोजी गर्न नसक्दा समस्या अझै बढेको हो । बिकल्पको रुपमा काभ्रेमा विमानस्थल बनाउन खोजी गरिएको भए पनि चासो नदिँदा काम सुरु हुन सकेन । बल्ल अहिले आएर भने सरकारले चासो दिदै जग्गा अवलोकनमा लागेको छ ।

वैकल्पिक विमानस्थल
पर्यटन मन्त्रालयले सय दिने कार्ययोजना अनुसार यतिबेला हवाई सेवा सुधारको अभियान शुरु गरेको छ । पर्यटन क्षेत्रको महत्वपूर्ण पूर्वाधारको रुपमा रहेकायको हवाई सेवालाई प्रभावकारी बनाउन मन्त्रालयको दौडधुप निकै चलेको हो । नयाँ सरकार गठनपछि पर्यटन मन्त्री बनेका रवीन्द्र अधिकारी यतिबेला हवाई सेवामा सुधार ल्याउने अभियानमा छन् । सोही अभियान अन्तरगत त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उडान र अवतरणको अत्याधिक चापलाई घटाउने प्राथमिकताकासाथ विकल्पको खोजीमा छन् मन्त्री रवीन्द्र अधिकारी । देशभर मध्ये त्रिभुवन विमानस्थलमा ८० प्रतिशत उडान र अवतरण हुने गरेको छ । वार्षिक ७५ लाख मानिस आउजाउ गर्छन् त्रिभुवन विमानस्थलबाट । राजधानी बाहिरका विमानस्थलले २० प्रतिशतमात्रै अवतरण उडान गर्ने गरेको सरकारी तथ्यांक छ । यसर्थ त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा अत्याधिक बढेको एयर ट्राफिक जामलाई न्यूनीकरण गर्न वैकल्पिक विमानस्थलका लागि नजिकैको काभ्रेमा खोजी हुन लागेको हो ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलदेखि दुरीले पनि नजिक पर्ने भएकोले काभ्रेका तीन स्थानमा आन्तरिक विमानस्थल बनाउन सरकार लागि परेको हो । सरकारी योजना अनुसार काभ्रेलाई छनौट गरिएको छ । सरकारी अधिकारीका अनुसार काभ्रेको धुलीखेल र बनेपाको बीचमा पर्ने ना“गीडा“डा, धुलिखेलको ठूलीचौरी र चिसापानीमा विमानस्थल बनाउन सरकारले अध्ययन थालेको हो ।

विमानस्थल दु्रतगतिमा बनाउने अभियानमा कस्सिएको पर्यटन मन्त्रालयले सोमबार प्राविधिक टोलीसहित स्थानीय सरकार र स्थानीयहरुसँग धुलिखेलमा छलफल समेत गरेको छ । छलफलबाट वैकल्पिक विमानस्थल निर्माणमा सहजता होस भन्ने हेतुले सोमबार काभ्रे पुगेर मन्त्रालयले स्थानीय सरकार, पर्यटन व्यवसायी तथा सामाजिक अभियान्तासँग अन्तरक्रिया गरेको छ । अबिलम्ब विमानस्थल निर्माण गर्ने दबावमा परेको सरकारले स्थानीयसँग पनि हातेमालो गरेर अघि बढ्ने मनशाय देखाएको छ । स्थानीयले पनि सरकारको कदमलाई स्वागत नै गरेका छन् ।

सरकारी प्राविधिक टोलीका अनुसार सोमबार अवलोकन गरिएका तीन स्थान मध्येबाट उपयुक्त स्थानमा विमानस्थल बन्ने छ । आन्तरिक उडान गर्ने कम्तीमा ५२ सिटे विमानले भोलि बन्ने विमानस्थलबाट उडान भर्नेछन् । ३० मिटर चौडाई र १२ सय मिटरको रनवेको विमानस्थल बन्ने छ। प्रारम्भिक अध्ययन गरि फर्किएको टोलीले १५ दिनभित्र विज्ञसहितको टीम काभ्रे पठाउने छ । विज्ञको सिफारिसमा कुन मोडलमा निर्माण गर्ने भन्ने पनि छनौट गर्ने छ । विमानस्थल निर्माण गर्न तीन अर्ब रुपैयाँ बढीे लागत अनुमान गरिएको छ । छोटो विधिबाट विमानस्थल निर्माण प्रकृया अघि बढ्नेछ ।

हवाई सेवालाई प्रभावकारी बनाउन आन्तरिक उडानका लागि वैकल्पिक स्थान सरकारले खोज्नु अत्यन्तै सकारात्मक छ, सरकारी कदम अनुसार प्रस्तावित स्थानमा विमानस्थल बन्ने भएपछि स्थानीयले समेत साथ दिने भएका छन् । सरकारी कदम सशक्त हुन सक्यो भने अब त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अत्याधिक चापमा कमी आउनका लागि वैकल्पिक विमानस्थल बलियो आधार बन्नेछ । यसर्थ सरकारले पनि अरु परियोजना जस्तो ढिला सुस्ती र अकर्मण्यता दोहोरिन नदिन जिम्मेवारीकासाथ कदम अघि बढाउन सक्नुपर्छ । अब विमानस्थल विषयको बल सरकारी कोर्टमा पुगेको छ । सरकारी कोर्टमा पुगेको बललाई सरकारले कसरी खेल खेल्नेछ त्यो भने हेर्न केही समय कुर्नै पर्ला


बन्ला त ?

बद्दो एयर ट्राफिकलाई व्यवस्थापन गर्न भन्दै नेपाल नागरिक उड्यन प्राधिकरण यतिबेला वैकल्पिक विमानस्थल बनाउने तयारी जुटेको छ । त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा बद्दै गएको चापलाई घटाउने उपायको खोजीमा छ, प्राधिकरण । पछिल्लो समय वार्षिक ७५ लाख यात्रुको व्यवस्थापन गर्दै आएको प्राधिकरणको अगाडि नया“ स्थानमा विमानस्थल बनाउनुको विकल्प छैन । पछिल्लो तथ्यांक अनुसार नेपालमा वार्षिक ८ प्रतिशतका दरले हवाई चाप बढिरहेको र आगामी १५ वर्षभित्र यो संख्या दोब्बर हुने हुँदा राजधानीको पायक पर्ने स्थानमा अर्काे विमानस्थल खोज्नुको विकल्प छैन प्राधिकरणसँग ।

प्राविधिकका अनुसार मौसमी अवस्था र विमान रुट निर्धाणमा सहजता दुवै स्थानमा उपयुक्त देखिन्छ । पहाड काट्ने र भर्ने काम दुवै स्थानमा गर्नुपर्ने हुन्छ । लगानीका हिसाबले १२ सय मिटर लामो रनवे र ३० मीटरको चौडाई भएको धावनमार्ग भएको विमानस्थल बनाउन तीन अर्ब रुपैयाँ बढी खर्च लाग्ने प्राधिकरणले अनुमान गरेको छ । यद्यपी विमानस्थल निर्माणको लागि आवस्यक लागत रकम भने अझै टुंगिएको छैन । विज्ञ टोली डिटेल सर्वे गरेपछि लागत टुंगिनेछ । प्रस्तावमा रहेका दुईमध्ये उपयुक्त स्थानको निक्र्योल गरी विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिनेछ । यद्यपी यसअघि विसं २०६५ मा काभ्रेकै भकुण्डेबेसी र पा“चखालमा विमानस्थल निर्माणका लागि अध्ययन गर्नेक्रममा स्थानीयको विरोधका कारण रोकिएको थियो ।

प्रस्ताव गरिएका मुख्य दुई स्थान मध्ये नागीडा“डा समुद्री सतहदेखि १८ मिटर उचाइमा पर्छ। विमानस्थल निर्माणको लागि मुआब्जा कम दिनुपर्ने र सडकको पहु“चको सहजता पनि बढी छ, अन्य भन्दा । ठूलीचौरमा करिब ६० प्रतिशत मुआब्जा दिनुपर्छ भने नागीमा २५ प्रतिशतमा मात्र मुआब्जा दिए पुग्छ । धावनमार्गका लागि चौडाई ३० मिटर र लम्बाई १२ सय मिटर आवश्यक पर्छ । नया“ स्थानको निक्र्यौल गरी युद्धस्तरमा विमानस्थल निर्माण गर्न सकिएन भने त्रिभूवन विमानस्थलमा भयाभयको स्थिति हुनेछ पक्का पनि । यससँगै नेपालको हवाई सेवा असुरक्षित भएको प्रतिवेदन सार्वजनिक गर्दै आएको छ आइकाओले पनि । हवाई उडानलाई व्यवस्थित बनाउन सरकारलाई चौतर्फी दबाब भएपछि वैकल्पिक स्थान खोजिएको हो । यसर्थ वैकल्पिक आन्तरिक उडानको लागि विमानस्थललाई पूर्णता दिन एक विज्ञ समिति गठन हुनेछ । विज्ञ समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउने गरी जिम्मेवारी दिइनेछ । प्रतिवेदनको निष्कर्षअनुरुप विमानस्थल निर्माणको लागि आगामी आर्थिक वर्षको बजेट भाषणमा समेटिने भएको छ । तीन अर्व रुपैया बढी लागतमा बन्ने विमानस्थलका लागि उपयुक्त स्थान अझै तय नभए पनि मंगलबार अवलोकन गरिएका तीन स्थान मध्ये ना“गीडा“डा भौगलिक तथा मौसमको हिसाबले अनुकुल, मुआब्जाको झन्झट कमी, राजधानीको दुरीमा नजिकै र स्थानीय विवाद शुन्य भएको मन्त्रीसहितको अध्ययन टोलीले मनन् गरेको छ ।

मंगलबार दिनभर स्थानीयहरुसँगको छलफल गरेको टोलीले स्थानीयबाट पनि सक्दो सहयोग मिल्ने बुझेको छ । प्रस्तावित तीन स्थान मध्ये, धुलिखेलको ठूलीचौरमा र चिसापानीमा विमानस्थल निर्माण गर्न सरकारलाई कठिन छ । सरकारले काभ्रेका अन्य स्थानमा विमानस्थल बनाएपनि धुलिखेलमा बनाउन नहुने स्थानीयको सुझाव छ । विमानस्थल आवस्यक भएपनि धुलिखेलको पर्यटकीय सम्पदाहरु जोखिममा पर्ने भएकोले धुलिखेलमा विमानस्थल संभव नहुने पर्यटन व्यवसायीको मत छ ।

सरकार अत्याआवस्यकताको बोध गरि वैकल्पिक विमानस्थल खोजीमा दौडिएको छ । विशेष गरि दश वर्ष भित्र ५० लाख पर्यटक भित्र्याउने सपना बाँडेको बाम सरकारका अगाडि पर्यटन पूर्वाधारको विषय विमानस्थल सुधार्नुको विकल्प छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल थेग्नै नसक्ने अवस्थाा पुगेको बेला काभ्रेमा बनाउने भनिएका विमानस्थ निर्माणको प्रस्तावित परियोजना युद्धस्तरमा सम्पन्न गर्नुको विकल्प छैन ।


उडान इतिहास

नेपालमा विमान उडानको ६३ वर्षे लामो इतिहास छ । नेपाली ध्वजावाहक विमानहरुले हवाई सेवा दिदै आएको समय धेरै भएपनि विमानसेवाको महत्वपूर्ण आधार विमानस्थल बिस्तार तथा नयां निर्माण खासै हुन सकेनन् । हवाई उडान सेवाको सम्पूर्ण जिम्मेवारी पाएको नागरिक उड्यान प्राधिकरणले नयां विमानस्थल लामो समययसम्म पनि बनाउन सकेन । बन्दै गरेकाहरुको पनि हविगत नै छ । जिम्मेवारहरुको लापरवाहीका कारण एकमात्रै अन्तराष्ट्रिय विमानस्थल हुनुले बद्दो जामको विषय निकै पेचिलो बनेको छ । उडान सेवाको क्ष्ँेत्रमा त्रिभूवन विमानस्थलमा सरकारी विमान कम्पनी नेपाल एयरलाईन्ससहित निजी कम्पनीहरु बुद्ध एयर, सौर्य एयरलाईन्स, सिम्रीक एयरलाईन्स, सीता एयर लाइन्स, यति एयरलाईन्स, श्री एयरलाइन्स लगायतले सेवा दिइरहेका छन् ।

नेपालको एक मात्र अन्तर्रा्ष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङको समस्या बढ्दै गएपछि एयर ट्राफिक जामको समस्या भोग्नु परेको छ । आन्तरिक उडानतर्फ १७ वटा ‘पार्किङ वे’ रहेकोमा पार्किङ अभावका कारण ३० भन्दा बढी जहाज पार्किङ गर्ने गरिएको छ। विमानस्थलभित्र अन्तर्रा्ष्ट्रिय उडानतर्फ ९ र आन्तरिक उडानतर्फ १७ वटा ‘पार्किङ वे’ छ। यी ‘पार्किङ वे’ विमानस्थलका लागि पर्याप्त छैनन् । ‘यही कारण क्षमता भन्दा बढी पार्किङ गर्दासमेत जाम घटाउन सकेका छैनौं ।’ अत्याधिक सवारी साधनको चापले गर्दा काठमाडौंका सडकमा त जाम हुने गरेको छ नै, अत्याधिक उडानहरुले गर्दा विमानहरुले समेत जामको समस्या बेहोर्नु परेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट दिनहु पा“च सयको हाराहारीमा विमान उडान र अवतरण हुने गरेका छन् । त्यसमध्ये १ सयको हाराहारीमा अन्तर्रा्ष्ट्रिय र ४ सयको हाराहारीमा आन्तरिक उडान हुने गर्छन्। तर ‘पार्किङ वे’ को अभावका कारण जहाजहरु लामो समय आकाशमा ‘होल्ड’ भएर रहने बाध्यतामा छन् ।

अत्याधिक ट्राफिक जाम हु“दा अन्तर्रा्ष्ट्रिय उडानका लागि काठमाडौं दक्षिणको गुराँस, पूर्वको इग्रीस, पश्चिमको धार्के र काठमाडौंमाथिको आकासमा होल्ड गर्नुपर्ने हुन्छ । आन्तरिक उडानहरुले भने उपत्यकाभित्र भक्तपुर, कीर्तिपुर, स्वयम्भू, नलिन्चोक लगायत ६ वटा स्थानमा जहाज होल्ड गर्नुपर्ने बाध्यता छ । यसैगरी उपत्यका बाहिर हेटौडा, नौबिसे, नगरकोट, बनेपामाथिको आकासलाई ‘होल्डिङ केन्द्र’ तोकिएको छ । ‘ट्राफिक जाम धेरै भएको समयमा उपरोक्त केन्द्रहरुमा दुई घण्टासम्म विमान होल्ड गरेर बस्नु पर्ने अवस्था छ । यसले गर्दा यात्रु र सेवाग्राही दुबैलाई समस्या परेको छ ।’ ट्राफिक जाम धेरै भएको खण्डमा ‘नन्–स्ट्यान्डर होल्डिङ प्वाईन्ट’ का रुपमा ‘एयर ट्राफिक कन्ट्रोलर’को निर्देशनमा विमान कुनै पनि स्थानमा होल्ड गर्नुपर्ने र आवश्यक जानकारी लिएर आफ्नो अनुकूलता अनुसार होल्ड गर्न सक्नुपर्ने विद्यमान अवस्था छ ।

वैकल्पिक विमानस्थलको लामो समयसम्म खोजि नहुनुले विमान सेवा निकै पिरलोको विषय वर्षाैदेखि बन्दै आएको छ । विमान पाकिङ्र्ग गराउने हैरानी बेहोर्नुपरेको छ । ‘एयर ट्राफिक जाम कम गराउन एकै समयमा धेरै जहाजले उडान भर्ने र विश्राम गर्ने समय तालिका मिलाउनुपर्ने बाध्यता छ । यस्तो जर्जर बन्दै गएको नेपालको हवाई सेवालाई सहज सुरक्षित र भरपर्दाे बनाउन वैकल्पिक विमानस्थलको खोजी गरिनु अत्यन्तै जरुरी भैसकेको छ । यही कुरालाई जिम्मेवारहरुले इमान्दारीतापूर्वक बोलेका बाचा पुरा गरे भने काभ्रेमा प्रस्तावित आन्तरिक उडानको लागि बनाउन लागिएको विमान स्थलले विद्यमान असहजतालाई केही सहज पक्कै बनाउने छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com