गोरले अदालतमा दिएको ३७ पेजको बयान [पूर्ण पाठसहित]


प्रकाशित मिति : जेष्ठ १३, २०७५ आईतबार

साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’को बयान सकिएको छ । आज बयानका क्रममा गोरेलाई सनम शाक्यलाई यातना दिएको भिडियो समेत देखाइएको थियो । उनको बयान अदालतका कर्मचारीले ३७ पन्नामा सारेका छन् । गोरेमाथि संगठित अपराध, अपहरण तथा शरीर बन्धक, कर्तव्य ज्यान र सुन चोरी पैठारीको मुद्दा लगाइएको छ ।

जिल्ला अदालत मोरङमा दिएको ३७ पेज लामो वयानका क्रममा गोरेले आफूमाथि लागेको सुन तस्करी र सनम शाक्य हत्याको आरोप पनि अस्वीकार गरका हुन् ।

गोरेले बयानका क्रममा थाई एयर र फ्लाइ दुबईको जहाजबाट सुन ल्याउने गरेको बताएका छन् । बयानमा उनले सुन तस्करीमा आफूभन्दा पनि अरु व्यक्तिको संलग्नता बलियो भएको, आफू व्यवस्थापनका काममा मात्रै संलग्न रहेको बताएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com