धौलागिरी हिमाल आरोहण गर्न गएका ३३ वर्षीय इटालियन नागरिकको मृत्यु


प्रकाशित मिति : बैशाख १७, २०७५ सोमबार

वैशाख १७, काठमाडौ‌ं । धौगालिगरी हिमाल आरोहण गर्न गएका एक इटालियन नागरिकको मृत्यु भएको छ। शेर्पा गाइड एक्सिपिडसनबाट धौलागिरी हिमाल आरोहण गर्न गएका ३३ वर्षीय इटालियन नागरिक सिमोन ला टेराको आइतबार हिमाल चढ्ने बेलामा मृत्यु भएको हो। उनको आइतबार हेलिकोप्टर उद्दारका लागि गए पनि खराब मौसमका कारण उद्दार गर्न नसकिएको आरोहण दलका एक सदस्य डम्बर पराजुलीले बताए। उनले भने, ‘टेरा छ हजार नौ सय मिटरमा पुगेपछि चिप्लिए खसेका हुन्।’ उनको मृत शरीर सोमबार आठ सय मिटर तल भेटिएको उद्दार गरेर काठमाडौं ल्याइएको संस्कृति तथा पर्यटन मन्त्रालयका प्रवत्ता रामप्रसाद सापकोटाले जानकारी दिए। सन् १९६० देखि खुला गरिएको धौलागिरी हिमालमा अहिलेसम्म ५५३ जनाले सफल आरोहण गरेको र हालसम्म ८३ जनको ज्यान गएको उनले जानकारी दिए। अघिल्लो वर्षमात्र नेदरल्याण्डका एक जनाको बिरामीका कारण मृत्यु भएको थियो। टेरा एक अनुभवी हिमाल आरोही भएको र यसअघि पनि उनले नेपाल, पाकिस्तान र तिब्बतका आठ हजार भन्दामाथिका हिमालको सफल आरोहण गरेका थिए। यो वर्ष हिमाल आरोहणका लागि विभिन्न २६ हिमालका लागि ७९२ जनाले अनुमति लिएको र त्यसमा ३ सय ४६ जनाले सगरमाथाको आरोहणको अनुमति लिएको पर्यटन मन्त्रालयले जनाएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com