टोरण्टो सहरमा गाडीले पैदल यात्रुलाई ठक्कर दिँदा १० जनाको मृत्यु, १५ जना घाइते


प्रकाशित मिति : बैशाख ११, २०७५ मंगलबार

वैशाख ११, काठमाडौं । क्यानाडाको टोरण्टो सहरमा एक व्यक्तिले जथाभावी गाडी चलाई पैदल यात्रुहरुलाई ठक्कर दिँदा १० जनाको मृत्यु भएको र अरु १५ जना घाइते भएको बीबीसीले जनाएको छ । प्रहरीले संदिग्ध व्यक्तिलाई पहिचान गरेको छ । उनी २५ वर्षीय एलेक मिनासियाँ रहेको बताइएको छ । उनलाई घटनास्थलको केही टाढा गिरफ्तार गरिएको थियो ।

नजिकै रहेका व्यक्तिहरुको भिडियोमा चालकले प्रहरीलाई केही वस्तुले ताकेको र अधिकारीहरुले चिच्याएर उनलाई तल झर्न भनेको देखिएको छ । त्यसपछि उसलाई नियन्त्रणमा लिइएको थियो । नियन्त्रणमा लिइएका एलेक टोरन्टोको उपनगर क्षेत्र रिचमन्ड हिलका हुन् । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले टोरन्टोको स्थितिको जाँच गरिरहेको बताएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com