सलमान खानलाई नेपाल आउन अदालतले दियो, अनुमति


प्रकाशित मिति : बैशाख ४, २०७५ मंगलबार

भारतीय अभिनेता सलमान खानलाई कन्सर्टका लागि नेपाल आउन अदालतले अनुमति दिएको छ । कालो हरिण शिकारको मुद्दामा ५ वर्षको सजाय सुनाइएपछि जमानतमा छुटेका उनलाई अर्को सुनवाइसम्म विदेश जान प्रतब्न्ध लगाइएको थियो ।

भारतीय सञ्चारमाध्यमका अनुसार जोधपुर अदालतले सलमानलाई नेपाललगायत ३ राष्ट्रको भ्रमण अनुमति दिएको हो । उनले विदेश जानका लागि अदालतमा निवेदन दिएका थिए । उनको निवेदनमाथि मंगलबार जोधपुर अदालतले सुनवाई गर्दा २५ मेदेखि १० जुलाईसम्म विदेश भ्रमणको अनुमति दिइएको छ । यो अवधिमा सलमानले क्यानाडा, नेपाल र अमेरिकाको भ्रमण गर्नेछन् ।

आफ्नो ‘द ब्याङ टुर’ अन्तरगत सलमानले आउदो १२ जेठमा काठमाडौंमा प्रस्तुति दिँदैछन् । उनका साथमा नायिका सोनाक्षी सिन्हासहित थुप्रै कलाकारको लावालस्कर आउनेछ । यसअघि गत फागुनमा यो कार्यक्रम तय भएको थियो । तर, विप्लव माओवादीले धम्की दिएपछि अन्तिम समयमा स्थगित भएको थियो ।

यसपाली सलमानको भ्रमणबारे विप्लव माओवादीले धारणा सार्वजनिक गरेको छैन । उक्त पार्टीले द ब्याङ टुरको आयोजक ओडीसी इन्टरनेसनलसाग चन्दाको बार्गेनिङ गरिरहेको चर्चा चले पनि उक्त संस्थाका प्रमुख सिमान्त गुरुङले भने आफूहरुसाग चन्दा नमागिएको बताएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com