२२ केजी सुन तस्करीका मुख्य नाइके चिनियाँ नागरिक पक्राउ


प्रकाशित मिति : बैशाख ११, २०७५ मंगलबार

वैशाख ११, काठमाडौं – गत भदौमा रसुवा नाका हुँदै नेपाल भित्रिएको २२ केजी सुन तस्करीका मुख्य नाइके चिनियाँ नागरिक पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीको टोलीले मंगलवार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ नागरिक जे झोङलाई पक्राउ परेका हुन् ।

प्रहरीले गत भदौमा रसुवा नाका हुँदै नेपाल भित्रिएको १५ केजी अवैध सुनसहित ७ जनालाई पक्राउ गरेको थियो । रसुवा नाकाबाट २२ केजी सुन नेपाल भित्रिए पनि उनीहरुले ७ किलो सुन भने भारत पुर्याइसकेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com