साउथ केरोलिनाको वन्दीगृहमा भडप हुँदा सात कैदीको मृत्यु, १७ घाइते


प्रकाशित मिति : बैशाख ३, २०७५ सोमबार

संयुक्त राज्य अमेरिकाको साउथ केरोलिना राज्यस्थित एक कैदी गृहमा कैदीहरूबीच भएको झडपमा कम्तिमा सात जनाको मृत्यु भएको साउथ केरोलिनाको कैदी सुधार विभागले सोमबार जनाएको छ ।

उक्त झडपमा परी कम्तिमा १७ जना घाइते भएका बताइएको छ ।

मजबुत सुरक्षास्थिति रहेको मानिने विशपभिल ली करेक्सनल इन्स्टिच्युसनमा (लीसीआई) आइतबार राति २ बजेर ५५ मिनेटको समयमा झडप भएको विभागले पुष्टि गरेको छ । विभागले झगडा शान्त बनिसकेको पनि जनाएको छ ।

“लीसीआईमा भएको झडपमा सात जनाको मृत्यु भएको छ भने घाइते १७ जनालाई कारागार बाहिर लगी उपचार गरिराखिएको छ,” विभागले आफ्नो ट्वीटर पेजमा उल्लेख गरेको छ । विवाद के कारण भएको भन्ने विषयमा विस्तृत विवरण आइसकेको छैन । (रासस÷एएफपी)

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com