मर्ने बेला हरियो कांक्रो भनेर उडाए- करिश्मा मानन्धर


प्रकाशित मिति : बैशाख २, २०७५ आईतबार

सदवहार सुन्दरी नायिका करिश्मा मानन्धरले भर्खर त्रिवेणी पब्लीक स्कुल मैतीदेबीबाट कक्षा ९ को परिक्षा दिएकी छन् । अब २०७५ सालमा एसइई परिक्षाको लागि बिशेष समय दिने उनको योजना छ ।

१४ बर्षको उमेर देखि चलचित्र अभिनय क्षेत्रमा लागेकी नायिका करिश्मा मानन्धर उमेरले ४ दशक काटेपनि उनलाई पछाडि पार्ने हिरोईन चलचित्र क्षेत्रमा खासै भेटीदैनन ।

सम्पुर्ण कुराह्ररुले भरीपुर्ण भए पनि कुनै न कुनै कुराको अभाव हर मान्छेलाई हुनछ भनेजस्तै नायिका करिश्मा मानन्धरलाई पनि एकेडेमीक शिक्षााको अभाव खड्की रहेको थियो ,जस अनुरुप उनि स्कुल भर्ना भईन र अन्य बिद्यार्थी सरह किताब बोकेर स्कुल जान थालीन ।

नायिका करिश्मा भन्छीन ‘मैले स्कुल पढ्दा कतिले मर्ने बेला हरियो कांक्रो भनेर कमेन्ट गरेको पनि सुन्छु ,तर त्यस्तो हुदैन ,कतिले पार्टीमा लागेकोले नैतीक दबाब पर्यो पनि भने तर मेरो पढ्ने ईच्छा हो म पढ्छु ।’ करिश्माको रुपको बारेमा धेरैले कस्तो मेन्टेन गरेको भन्छन तर उनि भन्छीन ‘मैले केही गरेको छैन ,अब चांही गर्छु ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com