अध्यागमन जेलमा रहेकालाई कानुनी सल्लाह दिने कार्यक्रममा प्रतिबन्ध


प्रकाशित मिति : चैत्र २९, २०७४ बिहीबार

देशनिकालाको सामना गर्दै अध्यागमन जेलमा रहेका आप्रवासीहरुलाई कानुनी सहायताको आब्हान गर्ने कार्यक्रममाथि अमेरिकी सरकारको डिपार्टमेन्ट अफ जस्टिसले अस्थायी प्रतिबन्ध लगाएको छ । गैर नाफामुलक संस्थाहरुले अध्यागमन जेलमा रहेकाहरुलाई कानुनी सुझाव दिनका लागि गर्ने कार्यक्रममा प्रतिबन्ध लगाइएको हो । गतबर्ष यस्तो कार्यक्रम अनुशार झण्डै ५३ हजार आप्रवासीहरुलाई कानुनी सुचनाहरु प्रदान गरिएको थियो ।

सरकारले भेरा इन्स्टीच्युट अफ जस्टिसको हेल्प डेस्क कार्यक्रमको पनि पुन मुल्यांकन गर्ने भएको छ । हेल्प डेस्क कार्यक्रम अन्तरगत न्युयोर्क, शिकागो, मायामी, लस एन्जसल, सान एन्टोनियो लगायतका क्षेत्रमा देशनिकालाको सामना गरिरहेका हिराशत बाहिरका आप्रवासीहरुलाई विभिन्न कानुनी टिप्सहरु प्रदान गरिदै आएको छ ।

भेराको कानुनी सुझाव कार्यक्रम अन्तरगत विभिन्न सुचनामुलक सेसनहरु संचालन गरिदै आएको थियो । जस अन्तरगत अध्यागमन जेलमा रहेका आप्रवासीहरुले उनीहरुका कानुनी अधिकारबारे जानकारी पाउदै आएका थिए । साथै अदालती प्रकृया कस्तो हुन्छ, उनीहरु कसरी एसाइलमका लागि योग्य हुनसक्छन् लगायतका विषयमा समेत कानुनी सुझावहरु दिइदै आएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com