हिट बन्दै यम बराल र अञ्जु पन्तको गीत, १० दिनमा १० लाख दर्शक


प्रकाशित मिति : चैत्र २७, २०७४ मंगलबार

चर्चित गायक यम बराल र गायिका अञ्जु पन्तको स्वरमा रहेको सनम माया लाको बोलको गीत युट्युबमा १० दिनमा १० लाखभन्दा धेरैपटक हेरिएको छ । यो गीत आगामी जेठ १८ गते रिलिज हुने चलचित्र भैरेमा समावेश गरिएको छ । चलचित्रको गीतका लागि बरालको यो पहिलो संगित पनि हो ।

चलचित्र भैरेमा दयाहाङ राई, सुरक्षा पन्त, बिक्रान्त बस्नेत, बुद्धी तामाङ, बर्षा सिवाकोटी, सुनिल थापा लगायतका कलाकारहरुले अभिनय गरेका छन् । चलचित्र भैरैमा नै समावेश गरिएको यम बराल, वशन्त सापकोटा र मेलिना राईको स्वरमा रहेको अर्को गीत सान्नानीलाई भेट्न आउँदा पनि युट्युबमा १३ लाख पटक हेरिसकिएको छ ।

चलचित्रको निर्देशन र लेखन एभरेष्ट सूर्य बोहराले गरेका हुन् । चलचित्रमा भैरेको भूमिकामा दयाहाङ राई रहेका छन् भने सुरक्षा पन्त उनको जोडीका रुपमा रहेकी छिन् । प्रेम प्रसाद पौडेल निर्माता रहेको भैरेमा यम बराल, लेख बहादुर गुरुङ (डेनिम) र रघु पुरी सहनिर्माता रहेका छन् भने सुर्य थोकर र चन्द्र पन्तको द्वन्द्व निर्देशन रहेको छ । पटकथा तथा संवाद अभिमन्यू निरवी र दिनेश न्यौपानेको रहेको ‘भैरे’मा बनिष शाहले सम्पादन रहेको छ । चलचित्रका निर्माण नियन्त्रक कृष्णराज काफ्ले हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com