‘फेस अफ मारवाडी’को र्याम्पमा सविता, दिक्पाल, उषा र संचिता


प्रकाशित मिति : चैत्र २६, २०७४ सोमबार

अन्तर्राष्ट्रिय स्तरमा समेत मोडलिङ गरिसकेका चर्चित नेपाली मोडलहरु सविता कार्की र दिक्पाल कार्की आइतबार काठमाडौंमा एउटै र्याम्पमा उत्रिएका छन् । साथमा मिस नेपाल उषा खड्की र कलाकार संचिता लुइटेल पनि र्याम्पमा उत्रिएका थिए ।

आइतबार सोल्टी क्राउन प्लाजामा भएको फेस अफ मारवाडी प्रतिस्पर्धामा शो टपरका रुपमा उनीहरु र्याम्पमा उत्रिएका हुन् ।

१६ देखि २८ बर्ष उमेर समुहका मारवाडी युवायुवतीले भाग लिएका सो प्रतिस्पर्धा मारवाडी समुदायका युवा युवतीको व्यक्तित्व विकाशका लागि गरिएको हो । राजधानीमा पहिलो पटक आयोजित यो प्रतिस्पर्धाका लागि काठमाडौं, विरगञ्ज विराटनगर लगायतका स्थानमा अडिशन गरिएको थियो ।

डिजाइनर मिनल अग्रवाल, दीपा मल्ल ठकुरी र विनिता भट्टको डिजाइनमा सविता, दिक्पाल, उषा र संचिता र्याम्पमा उत्रिएका थिए । कार्यक्रमको कोरियोग्राफी पनि मिस नेपाल उषा खड्कीले गरेकी थिइन् ।

चर्चित मोडल सविता कार्की भारतको चर्चित इन्डियाज नेक्स्ट टप मोडलमा फस्ट रनर अप भएकी थिइन् । १९ बर्षको उमेरदेखि नै मोडलिङमा लागेकी सविता नेपालमा दर्जनौं थुप्रै फेशन शोहरुमा उत्रिएर चर्चाको शिखरमा पुगेकी थिइन् । भिक्टोरिया सेक्रेटकी मोडलबाट प्रभावित उनी अहिले उनी नेपालमामात्र होइन नेपाल बाहिर समेत चर्चित बनेकी छिन् ।

मोडल दिक्पाल कार्की थाइल्याण्डमा भएको मिस्टर ग्लोबलमा छैठौं स्थानमा आएका थिए भने फिलिपिन्समा भएको मिस्टर ग्रयाण्ड इन्टरनेशनलमा पब्लिक च्वाइस अवार्ड र सोसल मिडिया स्टार बन्न सफल भएका थिए ।

कोरियन क्लोथिङ ब्राण्ड ब्लायकयाकका लागि चर्चित कोरियन मोडल जो इन संगसँग मोडलिङ गरेका दिक्पालले ब्रागेइस ब्राण्डको जुत्ताका लागि समेत मोडलिङ गरेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com