ट्रम्पले भनेजस्तै आप्रवासीलाई ‘क्याच एण्ड रिलिज’ नीति डेमोक्र्याटले ल्याएका होइनन्


प्रकाशित मिति : चैत्र २१, २०७४ बुधबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार गैर कानुनी रुपमा सिमाबाट अमेरिका छिर्ने आप्रवासीहरुलाई ‘क्याच एण्ड रिलिज’को नीति डेमोक्र्याटहरुले ल्याएको आरोप लगाउदै डाकाबारे कुनै सहमति नगर्ने आशयको ट्वीट गरेका थिए । तर यो सत्य होइन । वास्तवमा ‘क्याच एण्ड रिलिज’को नीति रिपब्लिकन राष्ट्रपति जर्ज बुसको प्रशासनले सुरु गरेको हो ।

‘क्याच एण्ड रिलिज’ नीति गैर कानुनी रुपमा अमेरिका छिरेका आप्रवासीहरुलाई पक्राउ गरेर हिराशतमा नराखी उनीहरुको अध्यागमन सुनुवाईसम्मका लागि रिहा गर्ने नीति हो । केही अपवादबाहेक बालबालिकाहरु र एसाइलमका लागि आवेदन दिएकाहरु त्यसका लागि योग्य हुने गर्छन् । उनीहरु रिहा भइसकेपछि अध्यागमन सुनुवाईसम्मका लागि अमेरिकामा नै बस्न पाउँछन्, तर कतिपय भने अध्यागमन सुनुवाईमा नै उपस्थीत नभईकनै अमेरिकामा गैरकानुनी रुपमा बसोबास गर्छन् ।

सन् २००० देखि सन् २०१० मा अमेरिकामा कागजपत्रविहिन आप्रवासीहरुको ओइरो लागेको देखिन्छ । यो अवधिमा झण्डै १४ मिलियन नयाँ कागजपत्रविहिन आप्रवासीहरु अमेरिका छिरेर बस्न थालेको देखिन्छ । यही समयमा अमेरिकी सरकारको इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टसँग कागजपत्रविहिनलाई पक्राउ गरेर हिराशतमा राख्न स्थान अभावका कारण बुस प्रशासनले ‘क्याच एण्ड रिलिज’को नीति लिएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com