लोकप्रिय बन्दै युगेशको नयाँ गीतको भिडियो


प्रकाशित मिति : चैत्र १८, २०७४ आईतबार

अमेरिकाको न्युयोर्क निवासी नेपाली मुलका गायक युगेश लिम्बुको नयाँ गीत र भिडियो युट्युबमा लोकप्रिय बन्दै गएको छ । रकपप गायक युगेशले आफ्नो नयाँ गीत आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।

युगेशको आफ्नै शब्द र संगितमा गुनगुनाउँदैछु बोलको यो गीत सार्वजनिक भएको हो । लामो समयदेखि सांगितिक क्षेत्रमा सकृय युगेशका कैयन गीतहरु युवा पुस्तामाझ लोकप्रिय छन् ।

युगेशका गहिरो आँखा, रिसायौ कि लगायतका गीतहरु निकै लोकप्रिय छन् । गहिरो आँखा युट्युबमा मात्र एक मिलियन भन्दा धेरै पटक हेरिएको छ ।

युगेशले अमेरिका, नेपाल, जापान, मध्यपूर्वका देशहरुमा पुगेर पनि नेपालीहरुमाझ कैयन कन्सर्ट गरिसकेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com