सपनाश्री र शम्भुजितको लाइभ न्युयोर्कमा आज


प्रकाशित मिति : चैत्र १६, २०७४ शुक्रबार

नेपाली सांगितिक क्षेत्रका मुर्धन्य साहित्यकार एवं गायक शम्भुजित बास्कोटा र संगितकार मनोहर परियार सुनामले सुमधुर स्वरकी धनी चर्चित गायिका सपनाश्रीका साथमा आज लाइभ प्रस्तुती दिने भएका छन् । कार्यक्रम न्युयोर्कको ज्याक्सनहाइटमा रहेको शेर्पा किदुग हलमा हुनेछ ।

नेपाली सांगितिक यात्रा २०१८ अन्तरगत हुने यो कार्यक्रम बेलुका साढे ८ बजेबाट सुरु हुनेछ । कार्यक्रमको प्रवेश शुल्क २५ डलर तोएिको छ भने साथमा नेपाली ममको स्वादसँगै सांगितिक स्वाद लिन पाइनेछ ।

युएसनेपाल अनलाइनले आयोजना गरेको यो कार्यक्रममा बिनिता पौड्याल, सिम्रन र जारा प्रसाईको पनि प्रस्तुती रहने जनाइएको छ । कार्यक्रमबारे थप जानकारीका लागि प्रदीप परियार थापा, विनिता पौड्याल, सभी अधिकारी र सहारा बास्कोटालाई सम्पर्क गर्न सकिनेछ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com