क्यानेडियन आप्रवासी अवार्डका लागि तुल्सी धरेल नोमिनेशनमा, यसरी हालौं भोट


प्रकाशित मिति : चैत्र १५, २०७४ बिहीबार

क्यानडाको टप २५ क्यानेडियन आप्रवासी अवार्डका लागि नेपाली बौद्धिक व्यक्तित्व तुल्सी धरेल नोमिनेशनमा पर्नु भएको छ । प्रस्तावित सयौं नामबाट धरेल ७५ जनाको सुचीमा पर्नुभएको हो । ७५ जनाको सुचीबाट छनौट गरेर २५ जनालाई क्यानेडिन आप्रवासी अवार्ड प्रदान गरिनेछ ।

क्यानडाको सेन्टेनियल कलेजमा मार्केर्टिङ विषयका प्रोफेसर धरेलले सोसल मार्केर्टिङमा विद्यावारिधी गर्नुभएको थियो । झण्डै १८ बर्षदेखि क्यानडामा बस्दै आउनुभएका धरेल त्यहाँका चर्चित सामाजिक व्यक्तित्व समेत हुनुहुन्छ ।

गतबर्ष उहाँले क्यानेडियन मल्टिकल्चरल काउन्सिलबाट आउडस्टाण्डिङ एसियन क्यानेडियन अवार्ड प्राप्त गर्नुभएको थियो । त्यस्तै उहाँले लायन्स क्लब इन्टरनेशनल अमेरिकाबाट इन्टरनेशनल लिओ (युवा) अफ त इयर अवार्ड प्राप्त गर्नुभएको थियो ।

टोरन्टोको जर्ज ब्राउन कलेज, वाटरलुको विलफ्रेड लाउरियर युनिभर्सिटी, मंगोलियाको मंगोलियन नेशनल युनिभर्सिटी र नेपालको त्रिभुवन युनिभर्सिटीमा प्राध्यापन गर्नुभएका धरेल कन्सर्न नेपाल क्यानडाका संस्थापक सदस्य समेत हुनुहुन्छ ।

त्यस्तै क्यानडा निवासी क्यान्सर चिकित्सक सरोज निरौला पनि ७५ जनाको सुचीमा पर्नुभएको छ । ९ बर्ष अगाडि क्यानडामा आउनुभएका उहाँ त्यहाँका चर्चित नेपाली आप्रवासी हुनुहुन्छ ।

भोट हाल्नका लागि तीनजनासम्मको नामका अगाडि टिक लगाउन सकिन्छ । टिक लगाइसकेपछि पेजको तलपट्टी गएर आफ्नो इमेल ठेगाना राख्नुपर्छ । इमेल ठेगानाको तलपट्टी तपाईले न्युजलेटरका लागि साइनअप गर्ने अप्सन दिइएको हुन्छ । यदि तपाई न्युजलेटर चाहनुहुन्छ भने त्यसमा पनि टिक लगाउन सक्नुहुन्छ । त्यो भन्दा तलको भोट नाओमा क्लिक गरेर तपाईले भोट हाल्न सक्नुहुनेछ । त्यसपछि  ‘यु भोटेड’ भन्ने सानो पपअप देख्न सक्नुहुनेछ । आगामी मे १७, २०१८ सम्म मात्र भोट हाल्न सकिनेछ ।

भोट हाल्नका लागि यो लिंकमा क्लिक गर्नुहोला ।

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com