न्यूयोर्क मा नारी दिवस


प्रकाशित मिति : चैत्र १२, २०७४ सोमबार

ग़ैर आवसिय नेपाली संघ, राष्ट्रीय समन्वय परिषद अमेरिका न्यूयॉर्क च्याप्टर ले अंतराष्ट्रीय नारी दिवस भब्यरूप सम्पन्न गरेको छ ।

कार्यक्रममा प्रमुख अथिति नेपाली महाबाणिज्यदूत मधु मरासिनीले नेपाली महिलाहरूको अधिकार, नेपाल को संविधान मा प्राप्त भएको छ । अब सबै क्षेत्रमा महिलाका अधिकारहरू स्थापित गर्न का लागी,सम्पूर्ण सरोकारवाला क्षेत्रहरूबाट सहयोग को जरूरी भएको बताउनू भएको छ।

कार्यक्रमका सँयोजक कंचन बस्नेत ले नेपाली नारीहरू प्रवासमा रहेर पनि देशका लागी चिन्तन गर्ने बेला आएकोले अब देश को समग्र विकाश का लागी महिलाहरू पनि अगाडी आउन जरूरी रहेको बताउनू भयो।

सो अवसर मा विभिन्न संघ, संस्था का प्रतिनिधि हरू ले आआफ्नो धारणा राखेका थिए ।

कार्यक्रम न्यूयोर्क च्याप्टर अध्यक्ष रामहरि अधिकारी को अध्यक्षता मा सम्पन्न भएको थियो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com