नर्थ क्यारोलाइनाको मोरिसभिलमा अप्रिल २१ मा नेपाल दिवस


प्रकाशित मिति : चैत्र १०, २०७४ शनिबार

‘हामी विदेशिएका होइनौ, विश्वव्यापी भएका हौ’ भन्ने मुल नारा सहित आगामी अप्रिल महिनाको तेश्रो शनिवार नर्थ क्यारोलाइना राज्यको मोरिसभिल शहरमा नेपाल दिवस मनाइने भएको छ ।
गत वर्ष देखि मनाउन थालिएको नेपाल दिवस यसपटक अप्रिल २१ मा मनाइने त्यहाँबाट ऋषी बस्ताकोटीले जानकारी दिनुभएको छ ।

मोरिसभिल शहरले हरेक बर्ष अप्रिल महिनाको तेश्रो शनिवारलाई नेपाल दिवस घोषणा गरिसकेको छ । नेपाली सेन्टर अफ नर्थ क्यारोलिनाको आयोजनामा मनाइने नेपाल दिवशमा उपस्थीतिका लागि अमेरिकामा रहने सबै नेपालीहरुलाई आब्हान गरिएको छ ।
यो क्षेत्र वरपर बसोबास गर्नुहुने हरेक नेपालीलाई उक्त दिनको कार्यक्रममा उपस्थितिका लागि आयोजकले विशेष आग्रह गरेका छन् ।

यसबाहेक अन्य स्थान एवं अन्य राज्यहरुमा बसोबास गर्नुहुने सबैलाई कार्यक्रममा उपस्थितिका लागि अनुरोध गरिएको छ । अन्य राज्यहरुमा विभिन्न मितिहरुमा आयोजना गरिने नेपाल दिवसलाई पनि भव्यताका साथ मनाउनुहुन नर्थ क्यरोलाइनावासी नेपाली एवं आयोजकको तर्फबाट अनुरोध गरिएको छ ।

कार्यक्रम सेडर फोर्क कम्युनिटी सेन्टर मोरिसभिलमा दिउसो २ बजे सुरु हुने कार्यकारी सचिव बिक्रम गौतमले जारी गर्नुभएको वक्तब्यमा उल्लेख छ ।

 

 

 

 

 

 

 

 

 

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com