टीपीएसको भविश्य, सिमा र फाइदाबारे विशेष बहस शनिबार न्युयोर्कमा


प्रकाशित मिति : चैत्र ९, २०७४ शुक्रबार

अमेरिकी सरकारले अमेरिकामा रहेका नेपालीहरुलाई प्रदान गरेको टीपीएस सुविधाको भविश्य, सिमा र फाइदा लगायतका विषयमा शनिबार न्युयोर्कमा विशेष बहस हुने भएको छ । न्युयोर्कको उडसाइडमा रहेको क्वीन्स लाइब्रेरीमा कार्यक्रम हुन लागेको हो ।

संचारकर्मी शैलेश श्रेष्ठको सम्प्रेषण इन्कसँगको सहकार्यमा कार्यक्रम हुन लागेको हो । छलफलमा कानुन व्यवसायी, अधिकारवादी, समुदायका नेता लगायत टीपीएसबारे जानकारहरु सहभागी हुने जनाइएको छ ।

अन्तरकृयात्मक यो कार्यक्रम नेपाली भाषामा हुनेछ भने सामाजिक सञ्जालमार्फत लाइभ समेत गरिनेछ । कार्यक्रममा डाका लगायतका अध्यागमन सुविधाहरु, अध्यागमनका क्षेत्रमा परेका प्रभावहरु ल्गायतका विषयमा पनि छलफल हुनेछ ।

अमेरिकी सरकारले अमेरिकामा रहेका नेपालीहरुलाई टीपीएस सुविधा थप्ने वा नथप्ने विषयमा एकमहिनाभित्र निर्णय लिनुपर्ने डेडलाइन रहेको छ । टीपीएसको अवधि थपिएमा झण्डै ९ हजार नेपालीहरुले पुन दर्ता गर्ने अनुमान गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com