मेलम्चीमा यात्रुबाहक बस दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु


प्रकाशित मिति : चैत्र ९, २०७४ शुक्रबार

काठमाडौंबाट सिन्धुपाल्चोकको मेलम्ची आउँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गएको छ ।

शुक्रबार दिउँसो मेलम्ची नगरपालिका–१२ स्थित बाँसबारीमा बा २ ख ४३२५ नम्बरको आमा ह्योल्मो बस दुर्घटना हुँदा तीन जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार मृत्यु हुनेमा एक महिला र २ पुरूष छन् । उनीहरूको सनाखत हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालयकाअनुसार बस सडकबाट झण्डै ३५ मिटर तल खसेको छ ।

दुर्घटनाका घाइतेमध्ये केहीलाई काठमाण्डौंको वि एण्ड वि हस्पिटल, ओम अस्पताल र केहीलाई मेलम्ची ल्याइएको जिल्ला प्रहरी प्रमुख एसपी मोहनप्रसाद पोखरेलले जानकारी दिए।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com