गर्मीमा चितवन जाने योजना छ ? तपाईलाई उपयुक्त हुन सक्छन् यी दश होटल ! कहाँ बस्दा कति खर्च ?


प्रकाशित मिति : फाल्गुन ३०, २०७४ बुधबार

अहिले चितवन घुम्ने उपयुक्त समय हो । मुख्य गरी सौराहा, नवलपरासी लगायत आसपास क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकहरु घुम्न जाने गर्दछन् ।

यदी तपाई पनि चितवन घुम्न जाने योजनामा हुनुहुन्छ, भने तपाईलाई त्यहाँ बस्ने होटलहरूको विषयमा जानकारी हुन आवश्यक छ । होटलको आवश्यक जानकारी लिएर जाँदा तपाईको चितवन बसाई सहज हुनसक्छ । यहाँ चितवन घुम्न जानेहरूका लागि उयुक्त हुने दश होटलको बारेमा जानकारी दिइएको छ ।

कहाँ बस्दा कति खर्च ?

१. मचान प्याराडाईज भ्यु

चितवनको जगतपुरमा रहेको मचान प्याराडाईज भ्यु सुविधासम्पन्न रिसोर्ट हो । २० वटा डिलक्स रुम रहेको रिसोर्टमा एक रातको ८० डलर खर्च गर्नुपर्ने हुन्छ । विगत देखिमै संचालनमा रहेको मचानका संचालक प्रकाश श्रेष्ठ हुन् । ८० सिट क्षमताको सभाहल समेत रिसोर्टमा चितवन राष्ट्रिय निकुञ्ज नजिकै रहेको छ । जहाँ जंगल सफारीको समेत सुविधा रहेको छ ।

२. आइल्यान्ड जंगल रिसोर्ट

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र नजिकै रहेको आइल्यान्ड रिसोर्टमा सुईट डिलक्स १२ वटा रुम र स्ट्यान्र्डड १६ वटा गरी २८ रुमहरु रहेका छन् । एकरातको १२५ डलर खर्च गर्नुपर्ने उक्त रिसोर्टमा पनि जंगल सफारी, वर्ड वाच लगायतको सुविधा रहेको छ ।

३. टेम्पल टाइगर जंगल लज एन्ड रिसोर्ट

चितवनको मोहन खोला नजिक रहेको उक्त रिसोर्ट पनि चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमै रहेको छ । रिसोर्टको एक सुइट, ३२ डिलक्स रुमहरु रहेका छन् । रिसोर्टमा पनि जंगल सफारी, बोटिङ तथा वर्ड वाचिङको सुविधा रहेको छ । रिसोर्टको एकरातको १२५ डलर खर्च गर्नुपर्ने हुन्छ ।

४. रोयल पार्क होटल

सौरहामा रहेको रोयल पार्क होटल पनि सुविधासम्पन्न होटल हो । ३४ वटा रुम रहेको होटलमा २ रात दिनको प्याकेज ८० डलर मात्रै रहेको छ । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र नजिक रहेको उक्त होटलमा जाने पर्यटकको लागि पनि जंगल सफारी, वर्ड वाच तथा बोटिङको व्यवस्था रहेको छ ।

५. मचान वाइल्डलाईफ रिसोर्ट

मचान वाइल्डलाईफ रिसोर्ट चितवन राष्ट्रिय निकुञ्ज नजिकै पर्दछ । ३६ वटा स्ट्यान्डर्ड रुम रहेको रिसोर्टमा एकरातको १ सय १० डलर खर्च गर्नुपर्ने हुन्छ । वर्ड वाच, जंगल सफारी, वर्ड वाच लगायतको सुविधा पर्यटकलाई दिने गरेका छन् ।

६. सफारी नारायणी होटल

चितवनको सफारी नारायणी होटल सुविधासम्पन्न होटल हो । जसका ३४ वटा रुमहरु रहेका छन् । भने १ सय ४० डलर प्रतिरात खर्च गर्नुपर्ने हुन्छ । होटलले पनि जंगल सफारी, वर्ड वाच र नारयाणीमा बोटिङबाट पर्यटकलाई मनोरञ्जन दिलाउँदै आएको छ ।

७. चितवन जंगल लज

चितवन जंगल लजका ३६ वटा सुविधासम्पन्न रुमहरु रहेका छन् । जम्म प्रतिरात ६५ डलर खर्च गरे पुग्ने उक्त लजले पर्यटकलाई जंगल सफारी, वर्ड वाच तथा बोटिङको सुविधा दिदैं आएको छ ।

८. चितवन प्याराडाईज रिसोर्ट

चितवन प्याराडाईज रिसोर्टका १२ वटा डिलक्स र १२ वटा स्ट्यान्र्डड रुमहरु रहेका छन् । प्रतिरात २५ डलरमै रुम पाइने उक्त रिसोर्टले पनि जंगल सफारी, वर्ड वाचिङ तथा बोटिङको सुविधा दिने गर्दछ ।

९. चितवन एडभेन्चर रिसोर्ट

चितवनमा रहेको एडभेन्चर रिसोर्टका ८ वटा डवल रुम र १२ वटा सुविधासम्पन्न सिंगल रुमहरु रहेका छन् । प्रतिरात २५ डलर खर्चमै बस्न पाइने उक्त रिसोर्टले पनि जंगल सफारी, वर्ड वाचिङको सुविधा पर्यटकलाई दिदै आएको छ ।

१०. रिभरसाईड स्प्रिङ रिसोर्ट

रिभर साइड स्प्रिङ रिसोर्ट चितवनको कुरीनटारमा रहेको छ । त्रिशुली किनारमा रहेको उक्त रिसोर्टमा २२ वटा स्ट्यान्र्डड रुमहरु रहेका छन् । जम्म ४० डलर प्रतिरात लाग्ने उक्त रिसोर्टमा त्रिशुलीमा ¥याफ्टिङको मजा पर्यटकले लिन पाउँने छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com