अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा विदेश मन्त्री बर्खास्त


प्रकाशित मिति : फाल्गुन २९, २०७४ मंगलबार

२९ फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेश मन्त्री रेक्स टेलर्सनलाई बर्खास्‍त गरेका छन् ।

उनले गुप्तचर एजेन्सी सीआईएका डिरेक्टर माइक पेम्पोलाई विदेशमन्त्रीमा नियुक्त गरेका छन् ।

ट्रम्पले सीआईएको प्रमुखमा गिना हस्पेललाई ल्याएका छन् ।

‘सीआईएका डिरेक्टर माइक पेम्पो, हाम्रो नयाँ विदेश मन्त्री बनेका छन्, उनले राम्रोसँग काम गर्ने आशा गरेका छौं ।

रेक्स टेलर्सनलाई धन्यवाद । गिना हस्पेल सीआईएको नयाँ डिरेक्टर बन्नुभएको छ, उहाँ सीआईए प्रमुखमा पहिलो महिला बन्नुभएको छ । सबैलाई बधाई छ’ उनले ट्विटरमा भनेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com