जाजरकोटमा फेसबुक चलाउन प्रतिबन्ध


प्रकाशित मिति : चैत्र १०, २०७४ शनिबार

भेरी नगरपालिकाले कार्यालय समयमा फेसबुक चलाउन प्रतिवन्ध लगाएको छ ।

शुक्रबार बसेको बैठकले कार्यालय समयमा फेसबुक चलाउन बन्द गर्ने निर्णय गरेको हो ।

सूचना शाखा उपप्रमख भावना भण्डारीका अनुसार, कार्यालय समयमा फेसबुक चलाउँदा काममा बाधा पुग्ने जनाउँदै फेसबुक चलायन प्रतिबन्ध गरिएको हो ।

अबदेखि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म फेसबुक चलाउन पाइनेछैन ।

सो समयमा फेसबुक चलाएको पाइएमा कारबाही हुने नगरपालिकाले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com