बेञ्चमै बसेनन् छ न्यायाधीश, अदालत नै गएनन् न्यायाधीश राणा


प्रकाशित मिति : फाल्गुन २९, २०७४ मंगलबार

प्रधानन्यायाधीश गोपाल पराजुलीको उमेर बिवादमा सर्वोच्च अदालतकै न्यायाधीश बिभाजित भएका छन । न्यायपरिषद ऐनअनुसार गत साउन २१ गते नै अवकाश पाइसकेको ब्यक्तिपराजुलीसँगै इजलाशमा बस्न नमिल्ने आदेश जारी गर्दै सोमवारको पुर्ण इजलाश बहिस्कार गरेका न्यायाधीश चोलेन्द्र शमशेर जवराको निर्णयपछि सर्वोच्चका न्यायाीश बिभक्त बनेका हुन ।

प्रधानन्यायाधीश पराजुलीले अवकाश पाइसकेको जवराको निर्णयलाई सर्वोच्चका अन्य ६ जना न्यायाधीशले साथ दिएका छन भने कांग्रेस सभापति शेरबहादुर देउवाको रोजाइमा परेका न्यायाधीशहरुले पराजुलीलाई साथ दिएका छन । न्यायाधीश जवराको निर्णयलाई साथ दिँदै न्यायाधीश हरिकृष्ण कार्की, सपना प्रधान मल्ल, आनन्दमोहन भट्टराई, इश्वर खतिवडा, बिश्वम्भर श्रेष्ठ, अनिलकुमार सिन्हा मंगलवारको बेन्चमा बस्नुभएन ।

यता न्यायाधीश दिपकराज जोशी, प्रकाशमान सिंह राउत, ओमप्रकाश मिश्र, डम्बर शाही, मीरा खड्का, बमकुमार श्रेष्ठ, दिपक कार्की, टँक मोक्तान, केदार चालिसे, शारदा घिमिरे, पुरुषोत्तम भण्डारी, तेजबहादुर केसीले पराजुलीलाई साथ दिँदै अनेकथरी मुध्दाको सुनुवाइ जारी राखेका छन । न्यायाधीश चोलेन्द्र जवरा भने अदालत नै गएका छैनन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com