एसाइलमका कमजोर मुद्दालाई अदालती सुनुवाईको मौका नदिइने (भिडियो)


प्रकाशित मिति : फाल्गुन २९, २०७४ मंगलबार

अब अमेरिकी सरकारको युएससीआईएसबाट अस्वीकृत भई अध्यागमन अदालतमा रिफर गरिएका सबै एसाइलम केसले पूर्ण सुनुवाई नपाउने भएका छन् । अध्यागमन अदालतमा रिफर गरिएका यस्ता मुद्दा न्यायाधिसलाई वास्तविक जस्तो नलागेका खण्डमा र ओजिलो नभएको खण्डमा अध्यागमन न्यायाधिसले पूर्ण सुनुवाईको मिति नदिइकनै टुंग्याउन सक्नेछन् ।

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ जस्टिसका महान्यायाधिवक्ताले गरेको निर्णय अनुशार अब अध्यागमन न्यायाधिसहरुले एसाइलमको आवेदन प्रारम्भिक समिक्षाका आधारमा पूर्ण सुनुवाईको मौका नै नदिईकन अस्वीकार गर्न सक्नेछन् । नयाँ प्रावधानले अध्यागमन अदालतमा रहेको ब्याकलगलाई हटाउन मद्दत पुग्ने जेफ सेसनको अपेक्षा रहेको छ ।

नयाँ प्रावधानका कारण अमेरिकामा शरण खोज्ने हजारौंले आफूलाई प्रमाणित गर्ने उचित मौका बिना नै देशनिकालाको सामना गर्नुपर्ने हुनसक्छ । कैयन मानवअधिकारवादीहरुले महान्यायाधिवक्ताको यस्तो निर्णयको विरोध गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com