आज राष्ट्रियसभामा मनेनीत तीन जनाले लिए शपथ


प्रकाशित मिति : फाल्गुन २५, २०७४ शुक्रबार

फागुन २५, काठमाडौं । राष्ट्रियसभामा सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा मनोनित तीन सदस्यले शपथ ग्रहण गरेका छन्। शुक्रबार बिहान तीन सदस्यलाई राष्ट्रियसभाकी सभामुख तारादेवी भट्टले शपथ गराएकी हुन्। शपथ लिनेमा अर्थमन्त्रीसमेत रहेका डा.युवराज खतिवडा, रामनारायण बिडारी र विमला पौडेल राई रहेका छन्। राष्ट्रपतिद्वारा मनोनित तीन जनालाई सर्वोच्च अदालतमा शपथ ग्रहण नगराउनु भनेर रीट परेपछ उनीहरूको शपथ रोकिएको थियो। तीनै जनाविरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरेपछि शपथग्रहणको बाटो खुलेको हो। शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रियसभामामा सिफारिस गरेको नाम थन्क्याएर नयाँ सरकारले गरेको सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरेको भन्दै सर्वोच्चमा रिट परेको थियो। यी तीन जनाले राष्ट्रपति निर्वाचनमा भने मतदान गर्न नपाउने भएका छन्। निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली यसअघि नै प्रकाशित गरिसकेको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com