आत्महत्या विरुद्ध एक सुन्दरीको पहल


प्रकाशित मिति : फाल्गुन २५, २०७४ शुक्रबार

दक्षिण अमेरिकाको गुयना विश्वको सबैभन्दा धेरै महिला आत्महत्या दर भएको देश हो । त्यहाँकी एक राष्ट्रिय स्तरकी पूर्व सुन्दरीले महिला आत्महत्या दर कम गर्ने आफ्नो उद्देश्य बनाइन् । लिसा पन्च आफ्नो देश गुयनाकी लोकप्रिय सुन्दरी हुन् । उनी गायिका र पूर्व मिस गुयना पनि हुन् ।

‘म यहाँसम्म आइपुगेकोमा एकदमै गौरवान्वित छु’ उनले भनिन्, ‘म धेरै खुशी, उत्साहित र घुमफिर गर्न मन पराउने बालिका थिएँ । जब म १४ वर्षको भएपछि मेरो मानसिक अवस्था परिवर्तन हुन थाल्यो’ उनले भनिन् ।

लिसा किशोर अवस्थाका वर्षहरुमा डिप्रेसनबाट पीडित भइन् । ‘तिमीलाई कसैले पनि बुझ्दैन भन्ने विचार आउँथ्यो । यहाँबाट जाने ठाँउ कतै छैन जस्तो लाग्थ्यो’ उनले भनिन्, ‘यो सब १४ वर्षको उमेरमा भएको थियो । साँच्चै भन्नु पर्दा मैले आफ्नो जीवन सिध्याउने प्रयास गरेको थिएँ ।’

गुयनामा विश्वमै सबैभन्दा धेरै महिला आत्महत्या दर हुनुमा कारणहरु धेरै छन् । गरिबी, मदिरा सेवन र मानसिक स्वास्थ्यको बारेमा जनचेतनाको कमी कारणहरु हुन् । ‘म चाहन्थें कसैले मलाई भनोस् यस्तो सोच आउनु सामान्य हो र त्यो सोच अनुसार प्रतिक्रिया गर्नु चाँहिं सामान्य होइन’ लिसाले भनिन्, – त्यसैले म चाहन्थें कोही मसँग कुरा गरोस् ।

लिसाले एक परोपकार संस्था स्थापना गरिन् जो आत्महत्याको बारेमा कुरा गर्न विद्यालयहरुमा जान्छ । ‘यदि तपाईंको कोही साथी आफूले आफैलाई चोट पु¥याउने विषयमा सोच्दैछ भने यस बारेमा तपाईं केही गर्न सक्नुहुन्छ । तपाईं आफ्नो साथीसँग कुरा गर्न सक्नुहुन्छ किनभने कुराकानीले उसलाई लाग्छ तपाईं उसको ख्याल राख्नुहुन्छ । अनि उनीहरु आफ्ना कुरा तपाईंलाई खुलेर भन्न सक्छन्’ उनले भनिन्।

एक छात्रा भन्छिन्, ‘घरमा धेरै समस्याहरु छन्, म आफूलाई नियन्त्रण गर्न सक्दिन । जब म रुन थाल्छु सबै कुराहरुको बोझ मेरो दिमागमा दाैिडन थाल्छ ।’

अर्की छात्रा भन्छिन्, ‘जब म सानो थिएँ मैले आफ्नो बाबुआमासँग कत्ति पनि समय बिताउन पाइन उनीहरु कहिल्यैपनि मसंँग भएनन् ।’
‘मलाई लाग्छ जब कुनै सार्वजनिक व्यक्तित्व आगाडि आउन सक्छ र भन्छ –म पनि यही अवस्थाबाट संघर्ष गरिरहेको छु, । यो एकदमै राम्रो कदम हो । तपार्इं फरक तरिकाले यस समस्यालाई नियन्त्रण गर्न सक्नुहुन्छ किनभने हामी सबै फरक–फरक छौं’ लिसाले भनिन् ।
‘हामी सबैले प्रयास गरौं । सबैजना यो समस्याबाट मुक्त हुन सकून् । म सोच्छु बालबालिकाहरुले हेरिरहेका छन् र उनीहरुलाई हाम्रो सहयोगको आवश्यकता छ’ उनले भनिन् ।

लिसा आशा गर्छिन् उनको यो पहलले गुयनाका मानिसहरुलाई खुलेर अगाडि आउन सहयोग गर्नेछ र आत्महत्याको दर कम हुनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com