सम्भावित बन्दुक आक्रमणको खतरापछि न्युयोर्कको कलेज बन्द


प्रकाशित मिति : फाल्गुन २१, २०७४ सोमबार

प्रहरीले सम्भावित बन्दुक आक्रमण हुनसक्ने सुचना पाएपछि सोमबार न्युयोर्कको युटिका कलेज बन्द गरिएको छ । अपस्टेट न्युयोर्कमा रहेको युटिका कलेजमा सम्भावित बन्दुक आक्रमणका कारण सोमबार कलेज बन्द गरिएको हो ।

दिउसो १२ बज्नु अगाडि प्रहरी अधिकारीहरुले कलेजमा फोन गरेर सबै विद्यार्थीहरुलाई बाहिर निकालेर कलेज खाली गराउन आदेश दिएका थिए । कलेजमा रहेका एकजना बन्दुकधारीले प्रहरीलाई फोन गरेर आक्रमण गर्न लागेको बताएका थिए ।

बन्दुक आक्रमणको हल्लाले त्यसक्षेत्रमा तनाव उत्पन्न भएको छ । विद्यार्थीहरु टेबुलमुनी लुकेका थिए । तर अहिलेसम्म कसैलाई पनि पक्राउ गरिएको छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com